Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कञ्चनपुरमा नवविवाहिता युवती मृत फेला, श्रीमान् र ससुरा पक्राउ

प्रकाशित मिति : २०८२ श्रावण २० गते

काठमाडौं / कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ मा १८ वर्षीया एक नवविवाहिता आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् । मृतक सम्झना भट्टलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनका श्रीमान् र ससुरालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ९डीएसपी० सागर बोहराले मृतकका माइती पक्षको किटानी जाहेरीका आधारमा सम्झनाका श्रीमान् २४ वर्षीय पवन भट्ट र ससुरा हरिदत्त भट्टलाई पक्राउ गरिएको जानकारी दिए । उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अनुसार आत्महत्या दुरुत्साहनको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

पीडित पक्षले दिएको जाहेरीमा विवाहपश्चात् सम्झनालाई दाइजोको निहुँमा निरन्तर शारीरिक तथा मानसिक यातना दिने गरिएको उल्लेख छ । डीएसपी बोहराले भने, ‘माइती पक्षको आरोपअनुसार घरेलु हिंसा र दाइजोको दबाब नै घटनाको मुख्य कारण देखिन्छ । हामी सबै कोणबाट घटनाको छानबिन गरिरहेका छौं ।’

अनुसन्धानका क्रममा सम्झना र पवनले करिब ६ महिनाअघि मात्रै प्रेम विवाह गरेको खुलेको छ । विवाहपछि उनीहरूबीच विवाद बढ्दै गएको र घटनाको केही दिनअघि मात्र उनीहरूको झगडा स्थानीय प्रहरी चौकीसम्म पुगेको समेत खुलेको छ । चौकीमा भएको छलफलपछि उनीहरूलाई मिलापत्र गराई घर पठाइएको थियो ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पताल पठाएको छ भने पक्राउ परेका दुवै जनालाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेको छ । घटनाको थप प्रमाण जुटाउन प्रहरीले मृतकको कल डिटेल र सामाजिक सञ्जालको समेत विश्लेषण गरिरहेको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23