काठमाडौँ । तामाङ चलचित्र संघ नेपालको अध्यक्षमा विनयक तामाङ निर्विरोध निर्वाचित भएको छ ।
संघको शनिवार सम्पन्न १६ औं साधारण सभा तथा ८ औं अधिवेशनबाट तामाङलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
- ADVERTISEMENT -

संघको वरिष्ठ उपाध्यक्षमा अमर लामा, महिला उपाध्यक्षमा सुनिता लुङबा,उपाध्यक्षमा जोगलाल लामा, उतर लामा (संगुल) , महासचिवमा बुद्ध तामाङ,सचिवमा सुनिता दोङ,कोषाध्यक्षमा राम सिं तामाङ ,सह कोषाध्यक्षमा मनिका सिङ्तान सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा मायादेवी मोक्तान,शम्भु मोक्तान,बुद्ध तामाङ,संजय हुत्त तामाङ ,हिरोज लोप्चन, इश्वर लामा,संगीता तितुङ,सञ्चु थोकर,रेसम कुमार स्याउली तामाङ,डोल्मा लामा मोक्तान,सन्तोष गोले,रिना लामा, गोर्खे घिसिङ,दल बहादुर स्याङतान,बिन्दा तामाङ,सुनिल कुमार मोक्तान,छिरिङ तामाङ,भिमा तामाङ चयन भएका छन् । कार्यसमितिमा अन्य ३ जना भने मनोनित गर्ने बताइएको छ
- ADVERTISEMENT -

तामाङ चलचित्रकर्मीहरुको पेसागत हकहित तथा व्यावसायिक विकासका साथै तामाङ भाषा,संस्कृति कलाको संरक्षण प्रवर्द्धनमा क्रियाशील तामाङ चलचित्र संघको महाधिवेशन नेपाली काँग्रेसका केन्द्रिय सदस्य गणेस लामाले उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै लामाले तामाङ भाषा,संस्कृतिको प्रवर्द्धनका साथै पहिचानको पुर्नस्थापना र एकताका लागि चलचित्रकर्मीहरुको भुमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रमका अन्य अतिथिहरुले तामाङ भाषा,संस्कृतिको संरक्षण र प्रवर्द्धनमा तामाङ चलचित्र,कलाकारले आजसम्म गरेको कामको समिक्षा गर्दै थप उपलब्धी हाँसिल गर्नतर्फ अघि बढ्न सुझावसमेत दिएका छन ।
बन्दा सत्र मा महासचिव उतर लामाद्वारा प्रस्तुत सांगठनिक तथा प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुनिता दोङद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए
















































