२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

महालक्ष्मी बैंकमा तीन करोड हिनामिना, पूर्वप्रबन्धकसहित चार पक्राउ

प्रकाशित मिति : २०८२ श्रावण २६ गते
sketch

काठमाडौं / महालक्ष्मी विकास बैंकको दार्चुलास्थित शाखाबाट करिब तीन करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा बैंकका एक पूर्वशाखा प्रबन्धकसहित चार जना पूर्वकर्मचारी पक्राउ परेका छन् । बैंकको नगद भल्टबाटै रकम निकालेर अनियमितता गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरी बैंकिङ कसुरअन्तर्गत अनुसन्धान अगाडि बढाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बैंकको दार्चुला, शैल्यशिखर नगरपालिका(९ गोकुलेश्वरस्थित शाखाका तत्कालीन शाखा प्रबन्धक ३५ वर्षीय सागर शाही रहेका छन् । डोटी घर भई कैलालीको भजनीमा बस्दै आएका शाहीसँगै नगद विभागमा कार्यरत २९ वर्षीया निर्मला साउँद, ग्राहक सेवा कक्षकी २८ वर्षीया अम्बादत्त पन्त र कर्जा विभागका ३१ वर्षीय धनन्जय पन्तलाई पनि नियन्त्रणमा लिइएको छ ।

- ADVERTISEMENT -

Advertisement

बैंकको गोकुलेश्वर शाखाबाट २ करोड ८४ लाख ७६ हजार ७०२ रुपैयाँ २९ पैसा नोक्सानी भएको देखिएपछि बैंक प्रशासनले प्रहरीमा जाहेरी दिएको थियो । प्रारम्भिक अनुसन्धानबाट कर्मचारीहरूको आपसी मिलेमतोमा बैंकको भल्टमा रहेको नगद गैरकानुनी रूपमा भुक्तानी लिएर बैंकलाई हानि पुर्‍याएको खुलेको प्रहरीले जनाएको छ ।

आन्तरिक लेखा परीक्षणका क्रममा रकम हिनामिना भएको तथ्य बाहिरिएपछि बैंकले अनुसन्धान गरी प्रहरीमा उजुरी गरेको थियो । सोही जाहेरीका आधारमा चारै जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला अदालत, दार्चुलाबाट सात दिनको म्याद थप गरी बैंकिङ कसुर मुद्दामा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.29
175.99
UK Pound Sterling
1
204.04
204.85
Swiss Franc
1
186.38
187.12
Australian Dollar
1
108.63
109.07
Canadian Dollar
1
109.31
109.74
Singapore Dollar
1
119.02
119.50
Japanese Yen
10
9.64
9.68
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.16
11.21
Swedish Kroner
1
15.78
15.85
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45