२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गाजा हमलामा अल जजिराका पाँच पत्रकारसहित सातको मृत्यु

प्रकाशित मिति : २०८२ श्रावण २६ गते
file photo.

काठमाडौं / गाजा सहरको अल–शिफा अस्पताल नजिकै भएको एक भीषण इजरायली हवाई हमलामा परी अल जजिराका पाँच पत्रकारसहित सात जनाको मृत्यु भएको छ ।

प्रसारण संस्थाले यसलाई आफ्ना पत्रकारमाथिको ‘लक्षित हत्या’ र ‘प्रेस स्वतन्त्रतामाथिको नाङ्गो र सुनियोजित आक्रमण’ भनेको छ । उता, इजरायली सेनाले भने मारिएका एक पत्रकार हमासको आतंकवादी सेलका प्रमुख भएको दाबी गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

अल जजिराका अनुसार, संवाददाता अनस अल(शरिफ र मोहम्मद क्रेकेह तथा क्यामेराम्यान इब्राहिम जाहेर, मोहम्मद नोउफल र मोमेन अलिवा अस्पतालको मुख्य गेटमा पत्रकारहरूका लागि बनाइएको टेन्टमा रहेका बेला उनीहरूलाई निशाना बनाइएको थियो । सुरुमा चार जनाको मृत्यु भएको बताइए पनि केही घण्टापछि अल जजिराले मृतक पत्रकारको संख्या पाँच पुगेको पुष्टि गरेको थियो ।

अल जजिराका प्रबन्ध सम्पादक मोहम्मद मोवादले बीबीसीलाई भने, ‘अल(शरिफ एक मान्यता प्राप्त पत्रकार थिए जो गाजामा के भइरहेको छ भनेर विश्वलाई जानकारी दिने ‘एकमात्र आवाज’ थिए ।’ उनले थपे, ‘उनीहरूलाई टेन्टभित्र निशाना बनाइएको हो, उनीहरू युद्धको अग्रमोर्चाबाट रिपोर्टिङ गरिरहेका थिएनन् । इजरायली सरकार गाजाभित्रबाट हुने कुनै पनि रिपोर्टिङको आवाज बन्द गर्न चाहन्छ ।’

यस युद्धमा इजरायलले अन्तर्राष्ट्रिय पत्रकारहरूलाई गाजामा स्वतन्त्र रूपमा रिपोर्टिङ गर्न अनुमति दिएको छैन, जसका कारण धेरैजसो सञ्चारमाध्यमहरू स्थानीय पत्रकारहरूमाथि नै निर्भर छन् । आक्रमणको केही समयपछि, इजरायली रक्षा बल (आइडिएफ) ले आफूहरूले अनस अल(शरिफलाई निशाना बनाएको पुष्टि गर्दै उनी ‘हमासको एक आतंकवादी सेलका प्रमुख’ भएको दाबी गरेको छ । आइडिएफको विज्ञप्तिमा अल(शरिफले पत्रकारको भेषमा काम गरिरहेको र ‘इजरायली नागरिक तथा सैनिकहरू विरुद्ध रकेट हमला गर्न जिम्मेवार’ भएको आरोप लगाइएको छ । यद्यपि, विज्ञप्तिमा मारिएका अन्य पत्रकारबारे केही उल्लेख गरिएको छैन ।

इजरायली सेनाले आक्रमण गर्नुअघि सर्वसाधारणलाई हुने क्षति कम गर्न सटीक हतियार, हवाई निगरानी र अतिरिक्त गुप्तचर सूचना जस्ता उपायहरू अपनाइएको दाबी गरेको छ । गत महिना मात्रै, अल जजिरा मिडिया नेटवर्क, संयुक्त राष्ट्र संघ र कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सिपीजे)ले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै अल–शरिफको सुरक्षाको माग गरेका थिए । अल जजिराले त्यतिबेला नै इजरायली सेनाले आफ्ना पत्रकारहरू विरुद्ध ‘उत्तेजना फैलाउने अभियान’ चलाएको र यो उनीहरूमाथिको आक्रमणलाई जायज ठहराउने खतरनाक प्रयास भएको बताएको थियो ।

सिपीजेका अनुसार, सन् २०२३ को अक्टोबरमा गाजामा इजरायलको सैन्य कारबाही सुरु भएयता १८६ पत्रकार मारिएको पुष्टि भएको छ । यो घटनाले द्वन्द्व क्षेत्रमा पत्रकारिता गर्नु कति चुनौतीपूर्ण र खतरनाक छ भन्ने यथार्थलाई फेरि एकपटक उजागर गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45