२०८३ भाद्र ३०, मंगलवार
September 15, 2026
२०८३ भाद्र ३०, मंगलवार
September 15, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

टप एन्ड टी–२० : नेपाल बंगलादेश ‘ए’ सँग प्रतिस्पर्धा गर्दै

प्रकाशित मिति : २०८२ श्रावण ३१ गते
File photo.

काठमाडौं / अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी प्रतिष्ठित टप एन्ड टी–२० सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शनिबार) आफ्नो दोस्रो खेलमा बंगलादेश ‘ए’ को सामना गर्दैछ । पहिलो खेलमा पराजय भोगेका दुवै टोली आज पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन् ।

डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड २ मा हुने यो खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीले आज गत सिजनको उपविजेता तथा अनुभवी खेलाडीले भरिएको बंगलादेशी टोलीको सामना गर्न लागेको हो । बंगलादेश ‘ए’ को कप्तानी नुरुल हसनले सम्हालेका छन् ।

- ADVERTISEMENT -

Advertisement

प्रतियोगितामा दुवै टोलीको सुरुवात सुखद रहन सकेन । नेपाल आफ्नो पहिलो खेलमा आयोजक एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने बंगलादेश ‘ए’ लाई पाकिस्तान शाहीन्सले ७९ रनको फराकिलो अन्तरले हराएको थियो । त्यसैले आजको खेल दुवै टोलीका लागि प्रतियोगितामा पुनरागमन गर्न र आफ्नो लय समात्न महत्त्वपूर्ण हुनेछ ।

बंगलादेश ‘ए’ को टोलीमा बंगलादेश प्रिमियर लिग ९बीपीएल० मा उत्कृष्ट प्रदर्शन गरेका तथा अन्तर्राष्ट्रिय अनुभव बटुलेका खेलाडीहरूको बाहुल्यता रहेकाले आजको खेल नेपालका लागि चुनौतीपूर्ण हुने अनुमान गरिएको छ ।

अगस्ट २४ सम्म डार्विन र पामरस्टनमा चल्ने यस प्रतियोगितामा नेपालसहित ११ टोली सहभागी छन्, जसले कुल ३६ लिग खेल खेल्नेछन् । बंगलादेश ‘ए’ सँगको खेलपछि नेपालले मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्स जस्ता बलिया टोलीहरूसँग पनि खेल्ने तालिका रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.09
176.78
UK Pound Sterling
1
205.74
206.55
Swiss Franc
1
186.80
187.54
Australian Dollar
1
108.74
109.16
Canadian Dollar
1
109.81
110.24
Singapore Dollar
1
120.05
120.52
Japanese Yen
10
9.86
9.90
Chinese Yuan
1
22.75
22.83
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.59
4.60
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.44
37.58
South Korean Won
100
11.35
11.39
Swedish Kroner
1
15.61
15.67
Danish Kroner
1
23.55
23.65
Hong Kong Dollar
1
19.45
19.53
Kuwaity Dinar
1
497.20
499.15
Bahrain Dinar
1
404.77
406.37
Omani Rial
1
396.33
397.89