२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सर्लाहीमा गोली हानी शिक्षकको हत्या, भाग्नेक्रममा दुर्घटना हुँदा एक पक्राउ

प्रकाशित मिति : २०८२ श्रावण ३१ गते
File photo
- ADVERTISEMENT -

काठमाडौं / सर्लाहीमा एक शिक्षकको गोली हानी हत्या गरिएको छ । स्थानीय शिक्षक रामपुकार यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको हो ।

प्रहरीका अनुसार, शुक्रबार राति करिब साढे ८ बजेतिर यादव आफ्नो घर अगाडि रहेका बेला मोटरसाइकलमा आएका हतियारधारी समूहले उनीमाथि गोली प्रहार गरेको थियो । गोली प्रहार गरेलगत्तै आक्रमणकारीहरू फरार भएका थिए । टाउकोमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

शिक्षकलाई गोली हानेर भाग्दै गरेका एक व्यक्ति मोटरसाइकल दुर्घटनामा परेपछि पक्राउ परेका छन् । यद्यपि, अनुसन्धानको क्रममा रहेकाले प्रहरीले उनको परिचय भने खुलाएको छैन । पक्राउ परेका अभियुक्त पनि दुर्घटनामा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए । उनका अनुसार, घाइते अभियुक्तलाई सुरुमा लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार गरिए पनि अवस्था गम्भीर भएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -