Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अङ्कुरम्–अन्तरविद्यालय स्काउट रनिङ शिल्डमा अरोमा स्कुल प्रथम

प्रकाशित मिति : २०८२ भाद्र ७ गते

चितवन / भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको आयोजनामा सम्पन्न अन्तरविद्यालय स्काउट रनिङ शिल्ड नृत्य प्रतियोगिताको पाँचौँ संस्करणको शिल्ड भरतपुर–१० स्थित अरोमा स्कुलले प्रथम स्थान हासिल गरेको छ ।

अरोमाले १७६ अङ्क प्राप्त गर्दै शिल्ड आफ्नो पोल्टामा पारेको हो । ३५ वटा विद्यालयको सहभागितामा सम्पन्न प्रतियोगितामा अरोमाका ज्योस्मिता रानामगर, अनुष्का अधिकारी, शायना अधिकारी, शिवानी राना प्रजा, अलिशा पाख्रिन, शाया जेमीमगर, दीपशिखा आलेमगर र अवनी सुवेदीको समूहले पहिलो स्थान हासिल गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी, होराइजन इङ्लिस स्कुलले १७५ अङ्कसहित दोस्रो स्थान हासिल गरेको छ भने १७३ अङ्क ल्याई भरतपुर–१२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलले तेस्रो स्थान हासिल गरेको छ । प्रथम हुने अरोमाले नगद पुरस्कार १० हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो र तेस्रो हुने होराइज र ग्रीनल्याण्ड पब्लिक स्कुलले क्रमशः सात हजार पाँच सय र पाँच हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका गरे । अरोमाले हात पारेको शिल्ड अर्को वर्षको हुने सातौँ संस्करणको विजेताले पाउने छन् । एकवर्षसम्म उक्त शिल्ड विजेतासँगै रहने प्रावधान छ ।

भद्रकुमारी नेसनल बेसिक स्कुलले सर्वोत्कृष्ट प्रस्तुतीकरण र ज्ञानसुधा इङ्लिस स्कुलले बेस्ट कोरियोग्राफीको उपाधि जितेको प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालयलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

विगत पाँच वर्षदेखि अङ्कुरम् एकेडेमीको स्काउट ट्रुपद्वारा हरेक वर्ष हरितालिका तीजको अवसरमा निरन्तर आयोजना गर्दै आएको प्रतियोगितामा यसपटक लोक तथा दोहोरी गायिका सरिता गुरुङ, बिन खाती र टीकाराम ढकाल तीन जना सम्मिलित निर्णायक मण्डलले कुल ३०० अङ्कमा गरेको मूल्याङ्कनको आधारमा विजेता घोषित गरिएको थियो ।

भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले प्रमुखअथिति रहेको कार्यक्रममा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक शिवप्रसाद बराल, स्थानीय स्काउट समिति भरतपुरका आयुक्त उपेन्द्र घिमिरे, प्रदेश युवा परिषद् बागमतीका अध्यक्ष गोविन्द पराजुली र चितवन स्मार्ट स्काउट क्रुका अध्यक्ष ईश्वर गुरुङ विशिष्ट अतिथि रहेका थिए ।

विद्यालयका आवासीय निर्देशक नईम चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत तहप्रमुख अर्जुन जी शर्माले गरेका थिए भने विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण निर्णायकहरू, निर्देशक चौधरी, तहप्रमुख शर्मा र चितवन स्मार्ट क्रुका रोबर लिडर आकाश न्यौपानेले गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23