२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025
२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

हिन्दु नारीहरुको महान पर्व तीज आज

देशैभर महादेवको पूजा अराधना, व्रत बसेर मनाइँदै
प्रकाशित मिति : २०८२ भाद्र १० गते
File Photo
- ADVERTISEMENT -

काठमाडौँ । भाद्र शुक्ल तृतीया आज (मंगलबार) अर्थात् हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज । देशभरका हिन्दु महिलाहरू देवाधिदेव महादेवको पूजाआराधना र व्रत बसी अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाइरहेका छन् ।

यस अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । तीजको विशेष दिनलाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले भक्तजनको सहजताका लागि बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खुला गरेको छ, जसकारण दर्शनार्थीहरू बिहानैदेखि लामबद्ध छन् ।

- ADVERTISEMENT -

Advertisement

भाद्र शुक्ल तृतीयामा हरितालिकाको व्रत लिनाले जीवनमा सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । विवाहित महिलाहरू पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै व्रत बस्छन् भने अविवाहित युवतीहरू सुयोग्य वर प्राप्तिको कामना गर्दछन् । यद्यपि, शास्त्रीय मान्यताअनुसार यो व्रत पुरुषहरूका लागि पनि उत्तिकै फलदायी मानिन्छ ।

यो पर्वको सम्बन्ध सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउन गरेको कठोर तपस्यासँग जोडिएको छ । पिता हिमालयले भगवान् विष्णुसँग आफ्नो विवाह गरिदिन खोजेपछि पार्वतीले सो कुरा अस्वीकार गरिन् । उनका साथीहरूले पार्वतीलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राखे। सोही गुप्त स्थानमा पार्वतीले निराहार व्रत बसेर महादेवको आराधना गरी पति पाएकी थिइन् । साथीहरूद्वारा ‘हरण’ गरिएकाले नै ‘हरित’ (हरण) र ‘आलिका’ (साथी) शब्द मिलेर ‘हरितालिका’ बनेको धार्मिक विश्वास छ ।

हरितालिकाको व्रतलाई कठिन व्रत मानिए पनि शास्त्रले स्वास्थ्यलाई ध्यानमा राख्न सुझाएको छ । ‘सर्वतः आत्पान् गोपायेत्’ अर्थात् ‘जसरी भए पनि आफ्नो शरीरको रक्षा गर्नुपर्छ’ भन्ने शास्त्रीय मान्यताअनुसार व्रतालुले आफ्नो स्वास्थ्य अवस्था हेरेर निराहार (अन्नजल केही नखाई), जलाहार (जल मात्र पिएर) वा फलाहार (फलफूल खाएर) व्रत बस्न सक्नेछन् ।

स्वास्थ्यका कारण निराहार बस्न नसक्नेहरूले जल, दूध, फलफूल, सखरखण्ड, पिँडालु जस्ता कन्दमूल र गुरुको आज्ञाअनुसारका वस्तु सेवन गर्न सक्ने विधान छ । स्कन्दपुराणमा औषधि सेवन गर्दा व्रत भंग नहुने उल्लेख गरिएको छ, जसले गर्दा नियमित औषधि सेवन गर्नेहरूलाई व्रत बस्न सहज बनाएको छ ।

धार्मिक मान्यताअनुसार, आजको दिन विधिपूर्वक व्रत बसेर शिव–पार्वतीको पूजा–आराधना गर्नाले मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -