एजेन्सी / स्पेनको दक्षिणपूर्वी क्षेत्र मुर्सियाको लोकप्रिय पर्यटकीय गन्तव्य ला मंगा डेल मार मेनोरको एक होटलमा साल्मोनेलाको प्रकोप पछि १०० भन्दा बढी मानिसहरू बिरामी परेका छन् ।
लगभग ४०० पाहुनाहरूको क्षमता भएको चार–तारे प्रतिष्ठान इजान ला काभाना होटलमा यो प्रकोप भएको थियो ।
- ADVERTISEMENT -

स्थानीय मिडियाकाअनुसार खाजाको समयमा दिइने ससबाट प्रदुषणको स्रोत उत्पन्न भएको मानिन्छ ।
प्रभावितहरूमा वान्ता, पखाला र पेट दुख्ने जस्ता लक्षणहरू देखिएका छन् । होटलको भान्सा सफाई र कीटाणुशोधनको लागि अस्थायी रूपमा बन्द गरिएको छ ।
























