काठमाडौं / चितवनमा शुक्रबार राति भएको कार दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–१०, विशालचोकमा बा१५च ४६९३ नम्बरको कार अनियन्त्रित भई सडक नजिकैको रुखमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो ।
- ADVERTISEMENT -

राति करिब १ः३० बजे भएको यस दुर्घटनामा भरतपुर–२, आँपटारी निवासी डा. विप्लव भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनालगत्तै गम्भीर घाइते भएका डा। भट्टलाई तत्काल उपचारका लागि पुरानो मेडिकल कलेज पुर्याइएको थियो, तर अस्पताल पुगेको केही समयपछि नै करिब २ बजेतिर उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार तीव्र गतिका कारण कार अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान छ । यस दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
























