२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

धनकुटामा डम्बर र विद्याको निधनपछि तीन छोरीको बिचल्ली

प्रकाशित मिति : २०८२ भाद्र १४ गते

धनकुटा / वैदेशिक रोजगारीले नेपाली समाजमा ल्याएको अवसरसँगै गहिरो त्रासदी पनि सँगै ल्याएको छ । यसको ज्वलन्त उदाहरण धनकुटाको महालक्ष्मी नगरपालिका–१, कटहरेमा देखिएको छ, जहाँ श्रीमान्–श्रीमतीको अकाल निधनले तीन छोरीहरूलाई अभिभावकविहीन बनाएको छ ।

करिब दुई वर्षअघि सुनौलो भविष्यको सपना बोकेर कुवेत पुगेका ४३ वर्षीय डम्बर मगरको करिब १० दिनअघि विषाक्त मदिरा सेवनका कारण दुःखद निधन भयो । डम्बरको मृत्युको खबरले ३४ वर्षीया उनकी श्रीमती विद्या मगरमाथि बज्रपात पर्‍यो । श्रीमान् गुमाएको पीडा सहन नसकी विद्याको तीन दिनभित्रै निधन भयो । एकै हप्तामा आमाबाबु दुवै गुमाउँदा १७ वर्षीया विपना, १६ वर्षीया सञ्जु र दुई वर्षीया संयुक्त मगर अभिभावकविहीन बनेका छन् ।

- ADVERTISEMENT -

Advertisement

जेठी विपना र माइली सञ्जु हाल धनकुटा नगरपालिका–५ स्थित गोकुण्डेश्वर बालमन्दिर विद्यालयमा क्रमशः कक्षा १२ र ११ मा अध्ययनरत छन् । उनीहरू अहिले आफ्नो बुबाको शव कुवेतबाट आउने प्रतीक्षामा किरियापुत्री बसिरहेका छन् । कान्छी संयुक्तले आमाबाबुको न्यानो मायाविना नै आफ्नो जीवनको प्रारम्भिक चरण पार गर्नुपरेको छ ।

महालक्ष्मी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर गुरुङले दम्पत्तिको असामयिक निधनले सिंगो वडा शोकमा डुबेको बताए । उनले बेसहारा बनेका छोरीहरूको लालनपालन र शिक्षाका लागि स्थानीय स्तरमा सहयोग संकलन अभियान सुरु गरिएको जानकारी दिए । साथै, दीर्घकालीन व्यवस्थापनका लागि बैंक खाता खोलेर कोष स्थापना गर्ने पहल भइरहेको पनि उनले बताए ।

यो घटना केवल एक परिवारको त्रासदी मात्र होइन । यो त वैदेशिक रोजगारीका क्रममा नेपालीहरूले भोग्नुपरेको असुरक्षा र लापरबाहीको एक कारुणिक चित्र हो । कुवेतमा विषाक्त मदिरा सेवनका कारण हालसम्म २२ भन्दा बढी नेपालीको ज्यान गइसकेको छ भने अझै धेरै अस्पतालमा उपचाररत छन् । डम्बर र विद्याको निधनले पारेको शून्यले तीन छोरीको भविष्यमाथि गम्भीर प्रश्न खडा गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.29
175.99
UK Pound Sterling
1
204.04
204.85
Swiss Franc
1
186.38
187.12
Australian Dollar
1
108.63
109.07
Canadian Dollar
1
109.31
109.74
Singapore Dollar
1
119.02
119.50
Japanese Yen
10
9.64
9.68
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.16
11.21
Swedish Kroner
1
15.78
15.85
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45