२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रूपन्देही–३ बाट रविको ‘रिवोलुसन’लाई मोडल बनाउने घोषणा

प्रकाशित मिति : २०८२ भाद्र १६ गते
- ADVERTISEMENT -

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रूपन्देही–३ को उपनिर्वाचनका उम्मेदवार चयन भएका डा. लेखजंग थापाले देशमा युगान्तकारी परिवर्तन ल्याउने दृढ सङ्कल्प व्यक्त गरेका छन् । प्राइमरी इलेक्सनमार्फत उम्मेदवार चुनिएलगत्तै प्रतिक्रिया दिँदै उनले यो सामान्य निर्वाचन नभई ‘क्रान्ति’ को शङ्खनाद भएको बताएका हुन् ।

डा. थापाले आफूलाई यस राजनीतिक यात्रामा डोर्‍याउन सहयोग गर्ने रास्वपाका शीर्ष नेताहरू डीपी अर्याल, स्वर्णिम वाग्ले, विपिन आचार्य, कविन्द्र बुर्लाकोटी लगायत अग्रज तथा सहकर्मीहरूलाई हृदयदेखि धन्यवाद ज्ञापन गरे । विशेषगरी, प्राइमरी इलेक्सनमा आफूसँगै प्रतिस्पर्धा गरेका आठ जना सहयात्रीहरूलाई सम्झँदै उनले भने, ‘सुरुमा हामी अपरिचित थियौँ, तर अब हामी परिवारका सदस्यजस्तै बनेका छौँ ।’

- ADVERTISEMENT -

Advertisement

व्यक्तिगत जीवनको समर्पण र सामाजिक प्रतिबद्धता
एक मेडिकल पेसाकर्मीका रूपमा आफ्नो सफल व्यावसायिक जीवनलाई बिट मार्दै सामाजिक र राजनीतिक क्षेत्रमा होमिएको बताउँदै डा. थापाले भने, ‘मैले धेरै आफ्नो पर्सनल प्रोफेसनहरूलाई बिट मार्दै एउटा सामाजिक क्षेत्रमा केही नयाँ काम गर्नुपर्छ, एउटा नीति नियममा पुगेर समाजलाई नयाँ दिशा निर्देश गर्नुपर्छ भन्ने हाम्रो पार्टीको भावनालाई बुझेर म यसमा होमिएको हो ।’

स्वर्णिम वाग्लेले पहिले आफूलाई ‘होमिने हो रु’ भनेर सोधेको स्मरण गर्दै उनले आफू होमिएको मात्र नभई यो अभियानमा पूर्ण रूपमा समर्पित भइसकेको स्पष्ट पारे ।

रूपन्देहीका जनताले देखाएको माया, सद्भाव र विश्वासप्रति आभार व्यक्त गर्दै डा। थापाले उनीहरूकै कारण आज आफूलाई केन्द्रदेखि स्थानीय तहसम्म विश्वास गर्ने माहोल बनेको बताए । उनले आफ्नो ९६ वर्षीया आमा ९मुवा० को उदाहरण दिँदै भने, ‘मेरी ९६ वर्षकी मुवा अहिले पनि रुपन्देही भैरहवामा बसिराख्नुभएको छ र ९६ वर्षसम्म बस्दाखेरि पनि उहाँले परिवर्तनको एउटा आवाज कहिले देखिएला भनेर अहिले सम्म कुरिरहनुभएको छ ।’

उनले आमालाई पार्टीका सिनियर नेताहरूसँग भेट्टाउने र आमाले सोचेको परिवर्तन आफ्नै जीवनकालमा ल्याउने टिम तयार भइसकेको विश्वास दिलाए । यो भावनात्मक प्रसंगले उपस्थित सबैलाई भावुक बनाएको थियो ।

‘यो इलेक्सन होइन, रिवोलुसन हो’
पार्टी सभापति रवि लामिछानेले आफूलाई ‘यो इलेक्सन होइन, यो एउटा रिवोलुसन हो’ भनेर दिएको सन्देशलाई आफूले गहिरोसँग आत्मसात् गरेको डा। थापाले बताए । उनले रवि लामिछानेले परिकल्पना गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत देशमा परिवर्तन ल्याउने अभियानलाई रूपन्देही(३ बाट एउटा ‘मोडल’ का रूपमा अगाडि बढाउने सङ्कल्प व्यक्त गरे । ‘हामी अब यो परिवर्तनलाई होइन, हामी रिवोलुसनको लागि लागेको एउटा सोचौँ,’ उनले थपे ।

आफ्नो अभियानमा साथ दिने सञ्चारकर्मी, देश-विदेशमा रहेका नेपाली डायस्पोरा र प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गर्ने सबैलाई डा। थापाले धन्यवाद दिए । डायस्पोराबाट प्राप्त सन्देशहरू हृदयस्पर्शी रहेको उल्लेख गर्दै उनले भने, ‘मैले अहिले भने भने कति जना रुनु पनि होला ।’

मन्तव्यको अन्त्यमा उनले आशा गुमाएका मानिसहरूलाई एक पटक फेरि आशा गर्ने आँट गर्न आग्रह गर्दै भने, ‘हामी हजुरहरूलाई निराशा पार्ने छैनौँ ।’ उनले प्रसिद्ध अंग्रेजी भनाइ,  ‘If you want to go short, you can go alone. But if you want to go far, you need to go together.’  (यदि तपाईं छोटो यात्रा गर्न चाहनुहुन्छ भने एक्लै जान सक्नुहुन्छ, तर यदि तपाईं टाढा जान चाहनुहुन्छ भने सँगै जानुपर्छ) उद्धृत गर्दै सामूहिक प्रयासको महत्वमा जोड दिए । आफू अझै सिक्दै गरेको र सबैबाट सिक्ने प्रक्रिया जारी रहने बताउँदै उनले अन्तमा ‘जय घण्टी’ भन्दै मन्तव्य टुङ्ग्याए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -