२०८३ असार २७, शनिबार
July 11, 2026
२०८३ असार २७, शनिबार
July 11, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अफगानिस्तानमा भूकम्पको धक्का, २० जनाको मृत्यु

प्रकाशित मिति : २०८२ भाद्र १६ गते

काठमाडौं / अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति गएको शक्तिशाली भूकम्पले जनजीवन अस्तव्यस्त बनाएको छ । पाकिस्तानको सीमा नजिकै स्थानीय समयानुसार राति ११ः४७ बजे गएको ६.० म्याग्निच्युडको भूकम्पमा परी कम्तिमा २० जनाले ज्यान गुमाएका छन् भने ११५ भन्दा बढी घाइते भएका छन् ।

बीबीसीले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार, घाइतेहरूको नंगरहार र कुनार प्रान्तका अस्पतालहरूमा उपचार भइरहेको छ । ८ किलोमिटर गहिराइमा गएको यस भूकम्पपछि ४.५ देखि ५.२ म्याग्निच्युडका कम्तिमा तीनवटा पराकम्पन पनि महसुस गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुल (करिब २०० किलोमिटर टाढा) र पाकिस्तानको राजधानी इस्लामाबाद (करिब ४०० किलोमिटर टाढा) सम्म महसुस गरिएको एएफपीले उल्लेख गरेको छ । प्रभावित प्रान्तहरू दुर्गम र विकट भौगोलिक बनावटका कारण उद्धार कार्यमा कठिनाई भएको छ । ती क्षेत्रका अधिकांश घरहरू भूकम्प प्रतिरोधी नभएकाले मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

तालिबान सरकारका अधिकारीहरूले दुर्गम हिमाली क्षेत्रमा उद्धार कार्यका लागि अन्तर्राष्ट्रिय सहायता संगठनहरूलाई सहयोग गर्न आग्रह गरेका छन् । कुनार प्रान्तका प्रहरी प्रमुखले बीबीसीलाई दिएको जानकारी अनुसार, बाढी र भूकम्पपछि गएका पहिरोका कारण प्रभावित क्षेत्रमा जाने सडकहरू बन्द भएका छन् । यसले उद्धार कार्य हवाई मार्गबाट मात्र सम्भव भएको जनाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

तालिबान अधिकारीहरूले आफ्ना स्रोतसाधन सीमित भएको भन्दै प्रभावित क्षेत्रमा पुग्न अन्तर्राष्ट्रिय संस्थाहरूलाई हेलिकप्टर उपलब्ध गराउन आग्रह गरेका छन् । भूकम्पको निगरानी गर्ने अमेरिकी भूगर्भीय सर्वेक्षण ९यूएसजीसी० ले यस भूकम्पमा सयौं मानिसको मृत्यु हुन सक्ने अनुमान गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.33
152.93
European Euro
1
174.09
174.78
UK Pound Sterling
1
204.22
205.03
Swiss Franc
1
188.77
189.52
Australian Dollar
1
105.69
106.10
Canadian Dollar
1
107.43
107.85
Singapore Dollar
1
117.82
118.28
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.57
40.73
Qatari Riyal
1
41.79
41.95
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.48
41.64
Malaysian Ringgit
1
37.36
37.51
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.29
23.38
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
494.98
496.93
Bahrain Dinar
1
404.00
405.60
Omani Rial
1
395.64
397.20