२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

किसानलाई समयमै मल देऊ

प्रकाशित मिति : २०८२ भाद्र १८ गते

मल अभावको यो पीडा यतिबेला देशभरका किसानको साझा समस्या बन्न पुगेको छ । यतिबेला किसान बर्खे धान गोड्न समयमा युरिया मल नपाएर तनावमा छन् । सरकारले समयमा मल उपलब्ध गराउन नसक्ने, किसानको समस्या समाधान गर्न नसक्ने, युवालाई कृषिमा आकर्षित गर्न नसक्ने तर ठूलाठूला सपना देखाउन भने छाडेको छैन । रेमिट्यान्सले धानेको देशमा विकास र समृद्धि त पछिको कुरा, अहिले विदेशबाट आयात गर्नु नपर्ने कुनै चिज छैन । दुःखका साथ भन्नुपर्छ कि मुलुकले वार्षिक बजेटको अधिकांश हिस्सा खाद्यान्नलगायत विभिन्न सामानको आयातमा खर्च गर्नुपरेको छ । तर, उद्योगधन्दा, रोजगारी र स्वदेशी उत्पादन बढाउनेतर्फ सरकारको ध्यान जान सकिरहेको छैन । मुलुकलाई माया गर्ने नेपाली दाजुभाइहरु चर्को ऋण काढेर खाडी मुलुकका ५५ डिग्री घाममा पसिना बगाउन बाध्य छन् । गाउँघरमा सीमित किसानले कृषि उत्पादन गर्छन्, तर समयमा मल पाउँदैनन् । मलमा समेत कृत्रिम अभाव देखाएर किसानहरुलाई सास्ती दिने शृङ्खला चल्दै आएको छ ।

सरकारले १११ देशमा निर्यात गरेका युवा यतिबेला स्वदेश फिर्तीको प्रतीक्षामा रहेका छन् । गाउँघर युवाविहीन हुँदा र गाउँका खेतका गरा गौचरनमा परिणत भइरहँदा विदेशबाट फर्किएका युवालाई सरकारले स्वदेशमै प्रोत्साहन गर्ला भन्ने धेरैको अपेक्षा थियो र छ । अधिकांशका घरघरमा उत्तराद्र्धको जीवन बाँचिरहेका वृद्धवृद्धामात्रै बाँकी रहेको स्थिति छ । कतिपय गाउँमा कोही कसैको मृत्यु हुँदा मलामी जाने पुरूषसमेत नरहेको अवस्था विद्यमान छ । अहिले सरकारसँग जनताको ठूलो अपेक्षा छैन । कृषि कर्ममा होमिएका किसानले निःशुल्क मल खोजेका होइनन्, सहज र सुलभ मूल्यमा किन्न चाहेका हुन् । परम्परागत कृषि कर्मबाट थोरै व्यावसायिक बन्न लागेका किसानका लागि चाहिएका बेला मल उपलब्ध गराउनु सरकारको दायित्व हो । तथ्याङ्कअनुसार यतिबेला ७० हजार मेट्रिकटन युरिया मल आवश्यक छ तर मौज्दात छैन । किसानलाई कति बेला मल चाहिन्छ र त्यसका लागि कसरी मौज्दात गर्न सकिन्छ भनेर प्रक्षेपण गरी ‘बफर स्टक’ राख्ने पूर्वयोजना सरकारसँग नहुँदा किसानले मलको चर्को अभाव खेप्दै आएका छन् ।

- ADVERTISEMENT -

Advertisement

चितवनमा मात्रै साउन महिनामा कम्तीमा १२ सय मेट्रिक टन रासायनिक मल खपत हुने गरेको छ । कृषि सामग्री कार्यालय र साल्ट ट्रेडिङ कर्पोरेसनले आवश्यक परिमाणमा रासायनिक मल आपूर्ति गर्न नसक्दा किसानले बर्सेनि मल अभावको समस्या खेप्नु परेको छ । बर्सेनि एकैखालको समस्या दोहरिन नदिन सरकार जिम्मेवार हुनुपर्छ । बर्सेनि मलको अभाव भोग्नु किसानको नियतिजस्तै भएको छ । समयमा मल नपाएपछि कृषि उब्जनी घट्छ, उब्जनी घटेपछि किसानको श्रम र पसिना खेर जान्छ । बर्सेनि एउटै समस्या दोहोरिनु नदिन सरकार जिम्मेवार हुनुपर्छ । सरकारले मलको अभाव झेलिरहेका किसानलाई १० दिनभित्र सहजरुपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । तर, के कति परिमाणमा मल आउने हो त्यो खुलेको छैन । मलमा कृत्रिम अभाव देखाएर लुट्ने श्रृङ्खलाको अन्त्य गर्नका लागि सरकारले आवश्यक परिमाणमा मल आयात गरी किसानलाई सरल, सहज र सुभभ मूल्यमा रासायनिक मल उपलब्ध गराउनेतर्फ ध्यान दिनु आवश्यक छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45