२०८३ असार २७, शनिबार
July 11, 2026
२०८३ असार २७, शनिबार
July 11, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज बिहानैदेखि यी प्रदेशमा वर्षा

प्रकाशित मिति : २०८२ भाद्र २१ गते

काठमाडौं / हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेकाले नेपालभर यसको प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली भइरहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

आज (शनिबार) बिहानैदेखि कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यसैगरी, मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि वर्षाले जनजीवन प्रभावित पारेको छ ।

- ADVERTISEMENT -

Advertisement

महाशाखाको पछिल्लो बुलेटिन अनुसार, दिउँसो देशभर साधारणतया बदली रहनेछ । विशेषगरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना औँल्याइएको छ । यसैगरी, बाँकी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा पनि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।

आज राति पनि मनसुनको प्रभाव कायमै रहनेछ। कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ । राति पनि देशका पहाडी भूभागका केही स्थानहरूमा र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

मौसमविद्हरूले मनसुन सक्रिय रहेकाले बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन् । विशेषगरी पहाडी क्षेत्रमा यात्रा गर्नेहरूलाई सावधानी अपनाउन र नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुझाव दिइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.33
152.93
European Euro
1
174.09
174.78
UK Pound Sterling
1
204.22
205.03
Swiss Franc
1
188.77
189.52
Australian Dollar
1
105.69
106.10
Canadian Dollar
1
107.43
107.85
Singapore Dollar
1
117.82
118.28
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.57
40.73
Qatari Riyal
1
41.79
41.95
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.48
41.64
Malaysian Ringgit
1
37.36
37.51
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.29
23.38
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
494.98
496.93
Bahrain Dinar
1
404.00
405.60
Omani Rial
1
395.64
397.20