निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

खग्रास चन्द्रग्रहण आज राति, राशिअनुसारको फल मिल्ने

प्रकाशित मिति : २०८२ भाद्र २२ गते
File photo.
- ADVERTISEMENT -

काठमाडौं / नेपालबाट पूर्ण अवलोकन गर्न मिल्ने खग्रास चन्द्रग्रहण आज (आइतबार) राति लाग्ने भएको छ । भाद्र शुक्ल पूर्णिमाका दिन लाग्ने खग्रास चन्द्रग्रहणले नेपाललगायत एसियाका धेरै भागमा अवलोकन गर्न मिल्नेछ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार यो ग्रहण राति १०ः११ बजे स्पर्श भई ११ः१५ बजे सम्मीलन, ११ः५६ बजे मध्य, १२ः३८ बजे उन्मीलन र १ः४१ बजे मोक्ष हुनेछ । कूल १ घण्टा २३ मिनेट खग्रास रहने यो ग्रहणको सम्पूर्ण अवधि ३ घण्टा ३० मिनेट हुनेछ । यो दुर्लभ खगोलीय घटनालाई सुरुदेखि अन्त्यसम्म प्रत्यक्ष अवलोकन गर्न सकिनेछ ।

- ADVERTISEMENT -

Advertisement

राशिअनुसारको फल
ज्योतिषशास्त्रका अनुसार चन्द्रग्रहणले विभिन्न राशिमा भिन्न(भिन्न प्रभाव पार्नेछ । मेष राशि भएकालाई लाभ, वृषलाई शुखम्, धनुलाई श्रीप्राप्ती र कन्यालाई सौख्यम् हुनेछ । यद्यपि, मिथुनलाई माननाश, कर्कटलाई कष्टम्, सिंहलाई स्त्रीपीडा, तुलालाई चिन्ता, वृश्चिकलाई व्यथा, मकरलाई क्षति, कुम्भलाई घात र मीन राशि भएका मानिसलाई व्यय हुने योग रहेको छ । यस आधारमा मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशि भएकाले ग्रहण अवलोकन गर्नु उचित नहुने ज्योतिषीय मान्यता छ । विशेषगरी, शतभिषा र पूर्वाभाद्रपदा नक्षत्रमा जन्म भएका र कुम्भ राशि भएका मानिसहरूका लागि यो ग्रहणले अति कष्ट दिने सम्भावना रहेको छ ।

धार्मिक मान्यता र निषेध
धार्मिक ग्रन्थहरूमा ग्रहणकाललाई विशेष सावधानी अपनाउनुपर्ने समयका रूपमा लिइन्छ । आज दिउँसो १ः११ बजेदेखि सुतक लाग्ने भएकाले बालबालिका, वृद्ध र रोगीबाहेक अन्यलाई भोजन निषेध गरिएको छ । ग्रहण अवधिमा हवन, मन्त्रजप, दान जस्ता शुभ कार्यहरूलाई उत्तम मानिन्छ भने सुत्ने, खानपिन गर्ने, मैथुन गर्ने, तेल लगाउने, कसैलाई बाँध्ने वा मार्ने जस्ता कार्यहरू पूर्णतः निषेध गरिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

धर्मसिन्धु, निर्णयसिन्धुलगायतका शास्त्रीय ग्रन्थहरूमा उल्लेख छस्(

”निद्रायां जायते व्याधि मूत्रे दारिद्रयमाप्नुयात् ।

पुरीषे कृमियोनिश्च मैथुने ग्रामसूकरः ।।

अभ्यञ्जने भवेत् कुष्ठी भोजने स्यादधोगति ।

वन्धनं च भवेत् सर्पः वधे च नरकं व्रजेत् ।।”

यसको अर्थ सुते रोगी हुने, दिसा गरे कीरा योनीमा जन्म, पिसाब गरे दरिद्रता, मैथुन गरे गाउँको सुँगुर भई जन्मनुपर्ने, तेल लगाए कुष्ठरोगी, भोजन गरे अधोगति, कसैलाई बन्धनमा राखे सर्प योनीमा जन्म र मारे नरकमा पर्नुपर्ने बताइएको छ ।

वैज्ञानिक दृष्टिकोणले भने चन्द्रग्रहण पूर्णतया हानिरहित घटना हो । यसलाई खुला आँखाले हेर्दा कुनै पनि किसिमको नकारात्मक असर नपर्ने वैज्ञानिकहरू स्पष्ट पार्छन् । बरु, खगोलप्रेमी र विद्यार्थीहरूका लागि यो ग्रहण अवलोकन, अध्ययन र अनुसन्धानका लागि एउटा दुर्लभ र महत्वपूर्ण अवसर बन्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48