२०८३ भाद्र ३०, मंगलवार
September 15, 2026
२०८३ भाद्र ३०, मंगलवार
September 15, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आजबाट सोह्र श्राद्ध सुरु

प्रकाशित मिति : २०८२ भाद्र २३ गते
file photo

काठमाडौं / प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आरम्भ हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (सोमबार) देखि विधिवत् सुरु भएको छ । सनातन हिन्दू परम्परा अनुसार पितृ ऋणबाट मुक्ति तथा दिवंगत पितृहरूको आत्माको शान्तिका लागि गरिने यो महत्वपूर्ण अनुष्ठान आश्विन शुक्ल प्रतिपदासम्म चल्नेछ ।

आज प्रतिपदा तिथिमा श्राद्ध गरिनेछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग० अनुसार प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिएका छन् । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो । यस समयलाई अपर पक्ष वा प्रेत पक्षका नामले पनि चिनिन्छ ।

- ADVERTISEMENT -

Advertisement

चाडपर्व, यज्ञयागादि तथा अन्य ठूला कार्यहरू गर्नुअघि पितृलाई श्रद्धा र भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्र श्राद्ध गरिन्छ । धर्मशास्त्रमा यस समयमा पितृहरू आश गरेर बसेका हुन्छन् भन्ने मान्यता रहेको छ। यसरी सोह्र श्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व पूरा हुनाका साथै पितृऋणबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ । धर्मशास्त्रविद् प्रा तोयराज नेपालका अनुसार यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्ने शास्त्रीय वचन रहेकाले श्राद्ध गर्ने प्रचलन छ ।

सोह्र श्राद्ध सधैँ अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन छ। जाताशौच ९जन्मेको सूतक०, मृताशौच ९मरेको सूतक० र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् नेपाल बताउँछन् । कुनै कारणवश सोह्र श्राद्ध रोकिएमा शास्त्रमा विभिन्न विकल्पहरू दिइएका छन्। सामान्यतया कर्ताले आफ्ना पिताको तिथिमा श्राद्ध गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणले अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न सकिन्छ । यो समयमा पनि नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिने धर्मसिन्धुमा उल्लेख छ । यदि कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने विकल्प पनि दिइएको छ ।

नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं समिति सदस्य प्राडा भट्टराईका अनुसार आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतिपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्र श्राद्ध गर्न सकिने शास्त्रीय विकल्प निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको छ । यी सबै विकल्पहरूमा पनि श्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ र नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प पनि छ । यस्तो जप विधिपूर्वक १० महिनासम्म गर्नुपर्छ, जसबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास रहेको भट्टराईले बताए ।

समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले सोह्र श्राद्ध अपराह्नकाल पारेर पिताका तिथिका दिन गर्नुपर्नेमा कतिपय पुरोहितले आफूअनुकूल बिहानै श्राद्ध गर्न लगाउने गरेकोमा त्यो शास्त्रसम्मत नभएको बताएका छन् । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ । बडा दसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मान्यता छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा रही आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.09
176.78
UK Pound Sterling
1
205.74
206.55
Swiss Franc
1
186.80
187.54
Australian Dollar
1
108.74
109.16
Canadian Dollar
1
109.81
110.24
Singapore Dollar
1
120.05
120.52
Japanese Yen
10
9.86
9.90
Chinese Yuan
1
22.75
22.83
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.59
4.60
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.44
37.58
South Korean Won
100
11.35
11.39
Swedish Kroner
1
15.61
15.67
Danish Kroner
1
23.55
23.65
Hong Kong Dollar
1
19.45
19.53
Kuwaity Dinar
1
497.20
499.15
Bahrain Dinar
1
404.77
406.37
Omani Rial
1
396.33
397.89