२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

चितवनमा ‘ए ङाला ह्राङबा माया’को विशेष शो प्रदर्शन

दर्शकसँगै कलाकारले हेरे सिनेमा
प्रकाशित मिति : २०८२ आश्विन १ गते

नारायणघाट । तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङबा माया’ चितवनमा प्रदर्शन गरिएको छ । बुधबार इन्द्रदेव सिनेमा घरमा प्रदर्शन गरिएको हो । चितवन गुम्बा महासमितिको आयोजनामा भएको विशेष प्रदर्शनमा इन्द्रदेव हल दर्शकले भरिभराउ भएको थियो । करिब तीन घण्टा लामो चलचित्र राम्रो बनेको दर्शकहरुले प्रतिकृया दिएका थिए ।

चलचित्र प्रदर्शनको लागि चलचित्रका निर्माता, निर्देशक तथा कलाकारहरु चितवन आएका थिए । उनीहरुले दर्शकसँगै बसेर चलचित्र हेरेर प्रतिकृयासमेत बटुलेका छन् । चलत्रित्रमा हुत्त सञ्जय लामा, तारा थोकर, विक्रम लामा, प्रज्मी बोम्जन, हेमकुमार तितुङ, हीराबहादुर मोक्तान, गोकुल मोक्तान, अनिल ब्लोन, राजकुमार स्याङतान, सङ्गीता बोम्जन, राम तामाङ, राजकुमार बललगायतका कलाकारहरुको अभिनय हेर्न पाइन्छ ।

- ADVERTISEMENT -

Advertisement

चलचित्रका मुख्य नायकसमेत रहेका हुत्त सञ्जय लामाले आफैँ कथा तथा सम्वाद लेखेका छन् भने अभिनयसँगै निर्देशन पनि गरेका छन् । मुख्य सहायक निर्देशन भने विश्वजङ माझीले गरेका छन् ।

मनसुन सुपरस्टार मुभिज प्रालिको ब्यानरमा तयार भएको चलचित्रको निर्देशनमा हुत्त सञ्जयलाई अर्जुनले साथ दिएका छन् । प्रज्वल राउतले छायांकन गरेको चलचित्रमा अर्पित थिङको संगीत सुन्न सकिन्छ । विश्वजङ्ग माझीको नृत्य निर्देशन रहेको चलचित्रलाई एचएमएम मिडिया हाउसमार्फत मेकबहादुर थापाले सम्पादन गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

लोसाङ लामा र इकेश लामाङले निर्माण गरेको चलचित्रमा सागर दोङ तामाङ र हुत्त सञ्जय लामाको गीतलाई स्प्रिङ थिङको आवाजमा सुन्न सकिन्छ । चलचित्र हेर्न चितवन जिल्लाका विभिन्न स्थानबाट हल भरी दर्शक आएका थिए । इन्द्रदेव सिनेमा करिब ८५० जना अटाउने नेपालकै सबैभन्दा ठूलो चलचित्र हलमा पर्छ ।

चलचित्र प्रदर्शन अघि औपचारिक कार्यक्रम समेत गरिएको थियो । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान उपाध्यक्ष राजेश रुम्बाको प्रम्ख आतिथ्यता रहेको थियो भने चितवन गुम्बा महासमितिका अध्यक्ष मेकना तामाङको सभाध्यक्षमा सम्पन्न गरिएको हो ।

कार्यक्रममा सहयोगी दाताहरुलाई मायाको चिनो र प्रशंसा पत्र समेत प्रदान गरिएको थियो भने अध्यक्ष तामाङले सबैलाई धन्यवाद व्यक्त गरेका थिए । लामो समयको अन्तरालपछि चितवनमा तामाङ चलचित्र प्रदर्शन भएको हो भने यसअघि तामाङ पत्रकार संघ चितवन शाखाले तामाङ चलचित्र ‘पहिचान’ नामक चलचित्र प्रदर्शनमा ल्याएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04