२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा दशैँ लगत्तै बहृत् खेलकुद तथा व्यापार महोत्सव हुने

प्रकाशित मिति : २०८२ आश्विन १२ गते

भरतपुर / नारायणी नदी किनारको प्रदर्शनी मैदानमा चितवन जिल्ला खेलकुद विकास समितिले बृहत खेलकुद तथा व्यापार महोत्सव आयोजना हुने भएको छ ।

भरतपुरमा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त महोत्सव हुन लागेको खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

महोत्सवका संयोजक समेत रहेका अध्यक्ष कार्कीले विजयादशमी लगत्तै कार्तिक १८ गतेदेखि मंसिर २ गतेसम्म संचालन हुने बताए ।

महोत्सवमा विभिन्न खेलहरु खेलाईनुका साथै ३ सय भन्दा बढी व्यवसायिक स्टलहरु, बिच भलिवल, कराँते, तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, एथ्लेटिक्स, वुद्धिचाललगायतका खेलहरु रहने छन् ।

यस्तै नेपाली खेलकुदमा योगदान पुराएका विभिन्न विधाका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई महोत्सवकै दौरान सम्मान गरिने पनि कार्कीले जानकारी दिए ।

महोत्सवको मुख्य आकर्षणमा दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, गोल्डेन गेट, म्युजियम अफ द क्रयचर र पेरिसको आइफिल टावरको प्रतिमा रहनेछ । यसका लागि अतिरिक्त टिकट नलाग्ने आयोजकले जनाएको छ । यस्तै, बाल उद्यान र मुभिङ ट्रेन पनि रहनेछ । महोत्सव कृषि प्रवर्द्धनका लागि छुट्टै प्यागोडा शैलीको ३० भन्दा बढी स्टलको व्यवस्था गरिनेछ ।

खेलकुद संघ संस्थाले स्टल राख्न चाहेमा निःशुल्क उपलब्ध गराईने आयोजकले जानकारी दिएको छ । नेपालमा चर्चित कलाकारहरुले हरेक दिन प्रस्तुति दिनेछन् । यस्तै हरेक दिन साँझ ६ः३० बजेपछि फुड फेस्टिवल र बिशेष सांस्कृतिक कार्यक्रम हुनेछ ।

महोत्सवमा निकालिने झाँकी मध्य उत्कृष्ट ३ लाई क्रमश ३०, २० र १० हजार रुपैयाँले पुरस्कृत गरिनेछ । तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान रहेका छन् ।

महोत्सवका लागि एक सय रुपैयाँको टिकट लाग्ने र विद्यार्थीलाई ७० रुपैयाँ र अपाङ्गता भएका तथा जेष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिनेछ ।

महोत्सव सम्पन्न गर्नका लागि अनुमानित डेढ करोड खर्च हुने बताइएको । महोत्सवबाट खर्च कटाएर बचत भएको रकम जिल्लाको खेल क्षेत्रको बिकास र प्रवर्द्धनमा खर्च गर्ने आयोजकको लक्ष्य छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45