२०८३ श्रावण ४, सोमबार
July 20, 2026
२०८३ श्रावण ४, सोमबार
July 20, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज महाअष्टमी पर्व, महागौरीको पूजा आराधना गरी मनाइँदै

प्रकाशित मिति : २०८२ आश्विन १४ गते

काठमाडौं / नवरात्रको आठौं दिन आज (मंगलबार) देशभर महागौरी देवीको विशेष पूजा आराधनासहित महाअष्टमी पर्व मनाइँदैछ । नवदुर्गाका नौ शक्तिस्वरूपा देवीमध्ये आठौं शक्तिका रूपमा महागौरीको पूजा गर्ने वैदिक सनातन परम्पराअनुसार आज बिहानैदेखि शक्तिपीठ तथा देवी मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म मनाइने नवरात्रभर शक्ति, ऐश्वर्य र विद्या प्राप्तिका लागि देवीको आराधना गर्ने धार्मिक विश्वास छ । यसै क्रममा आज महाअष्टमीमा सेतो वस्त्र धारण गरेकी, वृषमाथि आरुढ, त्रिशूल र डमरु लिएकी शान्त मुद्राकी महागौरीको पूजा गरिन्छ । महागौरीको पूजा गर्नाले मनोवाञ्छित फल प्राप्त हुने र सम्पूर्ण पाप नष्ट भई अक्षय पुण्य मिल्ने जनविश्वास छ ।

- ADVERTISEMENT -

Advertisement

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । यी नौवटा दुर्गाका रूपलाई नवदुर्गा भनिन्छ ।

महाअष्टमीको अवसरमा काठमाडौं उपत्यकाका गुह्येश्वरी, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, कालिकास्थान, मैतिदेवी, बज्रबाराहीसहित देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा भक्तजनको बाक्लो भीड लागेको छ । फूलपातीदेखि सार्वजनिक बिदा सुरु भएसँगै दशैंको विशेष रौनक पनि बढेको छ । मन्दिरहरूमा भजनकीर्तन र पूजाअर्चना भइरहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

नवरात्रभर गरिने देवीको पूजाआराधनाको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व हर्षोल्लासपूर्वक मनाउँछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.89
176.58
UK Pound Sterling
1
206.88
207.68
Swiss Franc
1
190.44
191.18
Australian Dollar
1
107.36
107.78
Canadian Dollar
1
109.66
110.09
Singapore Dollar
1
119.04
119.51
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.33
10.37
Swedish Kroner
1
15.94
16.00
Danish Kroner
1
23.53
23.62
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.74
409.33
Omani Rial
1
399.36
400.91