२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

रोमानियाको एक होटेल आगलागीमा नेपालकी सोनी र सुस्मिता भएको पुष्टि

प्रकाशित मिति : २०८२ आश्विन १६ गते

काठमाडौं / युरोपेली मुलुक रोमानियाको प्रहोभास्थित तातरानी सहरमा रहेको एक होटलमा सोमबार भएको भीषण आगलागीमा परी २ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।

आगलागीमा ज्यान गुमाउनेहरूमा इलामको माई नगरपालिका–७ घर भएकी २१ वर्षीया सोनी लिम्बू र काठमाडौँको दक्षिणकाली नगरपालिका–९ की २४ वर्षीया सुस्मिता तामाङ रहेका छन् । दुवै जना रोजगारीको सिलसिलामा रोमानिया पुगेका थिए । सोनी करिब १ वर्षअघि र सुस्मिता ५ महिनाअघि मात्रै । आगलागी भएको होटल ‘डालेमा’ को माथिल्लो तलामा उनीहरू बस्ने कोठा थियो ।

- ADVERTISEMENT -

Advertisement

स्थानीय समयअनुसार बिहान ७ बजेतिर ठूलो आवाजसहित सुरु भएको आगलागीले होटलको माथिल्लो तलालाई पूर्ण रूपमा ध्वस्त पारेको थियो । सोही होटलमा ५ वर्षदेखि कार्यरत म्याग्दी बेनीका नारायण विककाअनुसार, प्रहरी र अग्नि नियन्त्रकहरूको अथक प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।

आगलागीपछि सोनी र सुस्मिताको शव पूर्ण रूपमा जलेको अवस्थामा फेला परेको थियो । ‘२ जनाकै शव पूरै जलेको अवस्थामा थियो । सोनी बहिनीले लगाएको सुनको लकेटले शवको पहिचान भएको हो,’ उनले भने ।

- ADVERTISEMENT -

Advertisement

मृतकका परिवारलाई घटनाबारे जानकारी गराइसकिएको छ । आगलागीमा परी इलाम चुलाचुली घर भएकी सुमिना मगर घाइते भएकी छिन् र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार, विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । मृतक सोनी लिम्बूका बुवा धनराज लिम्बू र सुस्मिता तामाङका भाइ सुसान तामाङले शव नेपाल पठाइदिन र आवश्यक सहयोगका लागि रोमानियास्थित नेपाली समाज र जर्मनीको बर्लिनस्थित नेपाली दूतावाससँग हार्दिक अपिल गरेका छन् ।

करिब ३० हजार नेपाली कामदार रहेको युरोपेली मुलुक रोमानियामा हाल नेपाल सरकारको कुनै पनि दूतावास वा कूटनीतिक संयन्त्र नहुँदा यस्ता घटनामा परेका नेपालीहरूलाई सहयोग पुर्‍याउन कठिनाइ हुने गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36