२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025
२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देशभर भारी वर्षा, पाँच प्रदेशमा अत्यधिक

प्रकाशित मिति : २०८२ आश्विन १८ गते
- ADVERTISEMENT -

काठमाडौं / देशभर हाल बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको असरस्वरूप देशभरको मौसममा उल्लेखनीय परिवर्तन आएको छ, जसले गर्दा जनजीवनमा प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका धेरैजसो स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । यसैगरी, बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा पनि वर्षा हुनेछ । विशेषगरी, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याइएको छ ।

- ADVERTISEMENT -

Advertisement

सबैभन्दा महत्त्वपूर्ण चेतावनीका रूपमा मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक(दुई स्थानमा धेरै भारी वर्षा को समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा अधिकांश बदली रहनेछ भने बाँकी प्रदेशमा सामान्यतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका अधिकांश स्थानहरूमा, लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । यसका अतिरिक्त, कोशी, मधेस, बागमती र गण्डी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका तराई भूभागका एक(दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा को सम्भावना रहेको छ ।

महाशाखाले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका तराई भूभागका एक(दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा विशेष अनुरोध गरेको छ ।

यस विषम मौसमका कारण बाढी, पहिरो, भूक्षय, सडक अवरोध र डुबान जस्ता विपदको जोखिम बढ्न सक्ने भएकाले यात्रा गर्दा पछिल्लो मौसमी सूचनाको जानकारी लिएर मात्र गर्न महाशाखाले सुझाव दिएको छ । विशेषगरी नदीतटीय क्षेत्रमा बसोबास गर्ने र पहाडी भूभागमा यात्रा गर्नेहरूलाई थप सजग रहन अपिल गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -