२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025
२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ठूलो वर्षाको सम्भावना टर्‍यो – मौसम विभाग

प्रकाशित मिति : २०८२ आश्विन १९ गते
- ADVERTISEMENT -

काठमाडौं / जल तथा मौसम विज्ञान विभागले यसअघि गरिएको ठूलो वर्षाको पूर्वानुमानमा परिवर्तन आएको जनाएको छ । मौसमविद् मीनकुमार अर्यालका अनुसार, पानी पार्ने प्रणाली कमजोर बन्दै गएकाले अब नेपालभर ठूलो वर्षाको सम्भावना नरहेको हो ।

यसअघि आज र भोलिसम्म नै ठूलो वर्षा हुने पूर्वानुमान गरिएको थियो । तर, अहिले उक्त प्रणाली कोशी प्रदेशमा केन्द्रित रहेको र दिउँसोपछि कमजोर हुँदै जाने अर्यालले जानकारी दिए । यद्यपि, ठूलो वर्षाको सम्भावना टरे पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै रहनेछ ।

- ADVERTISEMENT -

Advertisement

विभागका अनुसार, बितेको २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका धेरैजसो स्थानमा ठूलो पानी परेको थियो । मौसममा आएको यो परिवर्तनले जनजीवनमा केही राहत महसुस हुने अपेक्षा गरिएको छ । किसान तथा अन्य सरोकारवालाहरूलाई मौसमसम्बन्धी अद्यावधिक जानकारीका लागि विभागको सूचनामा ध्यान दिन अनुरोध गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -