२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

लामो दुरीका सवारी साधनलाई आज पनि रोक

प्रकाशित मिति : २०८२ आश्विन १९ गते
File Photo.

काठमाडौं / अविरल वर्षा, बाढी र पहिरोका कारण अवरुद्ध सडक सञ्जाललाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकाबाट बाहिरिने तथा भित्रिने लामो दुरीका सवारी साधनको सञ्चालनमा आज (आइतबार) बिहानसम्मका लागि रोक लगाइएको छ ।

सरकारले असोज १८ देखि २० गतेसम्मका लागि उपत्यका आउजाउ गर्ने सवारी साधनमा रोक लगाउने निर्णय गरेसँगै यातायात व्यवसायीहरुलाई तत्काल टिकट बुकिङ नगर्नसमेत निर्देशन दिइएको छ ।

- ADVERTISEMENT -

Advertisement

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी नरेशराज सुवेदीले उपत्यकाको अवस्था सामान्य रहे पनि उपत्यका बाहिरका सडकहरु पूर्ण रुपमा सञ्चालनमा आइनसकेकाले यो निर्णय लिइएको जानकारी दिए । ‘काठमाडौँका सबै नाकाबाट अति आवश्यक बाहेकका कुनै पनि गाडीलाई आज बिहानसम्म बाहिर जान दिइएको छैन र काठमाडौँ भित्रिएका पनि छैनन्,’ एसपी सुवेदीले भने ।

यसअघि नै टिकट काटिसकेका यात्रुहरुको पैसा फिर्ता गराइएको र थप बुकिङ नगर्न यातायात काउन्टरहरुलाई निर्देशन दिइएको पनि सुवेदीले बताए । उनले सडक यातायात सहज भएपछि मात्र टिकट काट्न सुरु गर्न भनिएको जानकारी दिए । यो निर्णयले घर तथा गन्तव्य जान लागेका यात्रुहरु मर्कामा परेका छन् । बसपार्क तथा टिकट काउन्टरहरुमा यात्रुहरुको भीड लागेको छ भने कतिपय यात्रुहरु गन्तव्यमा जान नपाएर अलपत्र परेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.29
175.99
UK Pound Sterling
1
204.04
204.85
Swiss Franc
1
186.38
187.12
Australian Dollar
1
108.63
109.07
Canadian Dollar
1
109.31
109.74
Singapore Dollar
1
119.02
119.50
Japanese Yen
10
9.64
9.68
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.16
11.21
Swedish Kroner
1
15.78
15.85
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45