२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025
२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

लामो दुरीका सवारी साधनलाई आज पनि रोक

प्रकाशित मिति : २०८२ आश्विन १९ गते
File Photo.
- ADVERTISEMENT -

काठमाडौं / अविरल वर्षा, बाढी र पहिरोका कारण अवरुद्ध सडक सञ्जाललाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकाबाट बाहिरिने तथा भित्रिने लामो दुरीका सवारी साधनको सञ्चालनमा आज (आइतबार) बिहानसम्मका लागि रोक लगाइएको छ ।

सरकारले असोज १८ देखि २० गतेसम्मका लागि उपत्यका आउजाउ गर्ने सवारी साधनमा रोक लगाउने निर्णय गरेसँगै यातायात व्यवसायीहरुलाई तत्काल टिकट बुकिङ नगर्नसमेत निर्देशन दिइएको छ ।

- ADVERTISEMENT -

Advertisement

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी नरेशराज सुवेदीले उपत्यकाको अवस्था सामान्य रहे पनि उपत्यका बाहिरका सडकहरु पूर्ण रुपमा सञ्चालनमा आइनसकेकाले यो निर्णय लिइएको जानकारी दिए । ‘काठमाडौँका सबै नाकाबाट अति आवश्यक बाहेकका कुनै पनि गाडीलाई आज बिहानसम्म बाहिर जान दिइएको छैन र काठमाडौँ भित्रिएका पनि छैनन्,’ एसपी सुवेदीले भने ।

यसअघि नै टिकट काटिसकेका यात्रुहरुको पैसा फिर्ता गराइएको र थप बुकिङ नगर्न यातायात काउन्टरहरुलाई निर्देशन दिइएको पनि सुवेदीले बताए । उनले सडक यातायात सहज भएपछि मात्र टिकट काट्न सुरु गर्न भनिएको जानकारी दिए । यो निर्णयले घर तथा गन्तव्य जान लागेका यात्रुहरु मर्कामा परेका छन् । बसपार्क तथा टिकट काउन्टरहरुमा यात्रुहरुको भीड लागेको छ भने कतिपय यात्रुहरु गन्तव्यमा जान नपाएर अलपत्र परेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -