Opens in a new tab
२०८३ कार्तिक १, शनिबार
October 17, 2026
२०८३ कार्तिक १, शनिबार
October 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गाजामा युद्धविरामको घोषणा, बन्धक रिहा हुने आशा

प्रकाशित मिति : २०८२ आश्विन २३ गते
file photo

काठमाडौं / इजरेल र हमासबीच गाजा युद्ध रोक्ने सम्बन्धमा बहुप्रतिक्षित सहमति भएको दुवै पक्षले पुष्टि गरेका छन्, जसले मध्यपूर्वमा लामो समयदेखिको द्वन्द्वमा नयाँ मोड ल्याएको छ । यस सम्झौताले गाजा पट्टीमा शान्ति र स्थिरताको नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ ।

हमासले युद्ध अन्त्य गर्न आफू सहमत भएको जनाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र अन्तर्राष्ट्रिय समुदायलाई इजरेललाई यो सम्झौताको अनिवार्य कार्यान्वयन गर्न लगाउन आग्रह गरेको छ । इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई ‘इजरेलको महान् दिन’ भन्दै हमासद्वारा बन्धक बनाइएकाहरू छिट्टै रिहा हुने आशा व्यक्त गरेका छन् । बिहीवार बस्ने इजरेली मन्त्रिपरिषद् बैठकले सम्झौता अनुमोदन गरेपछि इजरेलले यसको कार्यान्वयन सुरु गर्ने बताइएको छ ।

- ADVERTISEMENT -

Advertisement

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतको अग्रसरतामा विभिन्न पक्षका प्रतिनिधि र मध्यस्थकर्ताहरूबीच इजिप्टमा भएको लामो वार्तापछि यो सहमति जुटेको हो । इजरेल र हमासको आधिकारिक घोषणाअघि नै ट्रम्पले सामाजिक सञ्जालमा शान्ति सम्झौता भएको दाबी गरेका थिए ।

ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले सीबीएस न्यूजलाई जानकारी दिएअनुसार इजरेली मन्त्रिपरिषद्‌ले सम्झौता अनुमोदन गरेको २४ घण्टाभित्र इजरेली सेनाहरू गाजाबाट फिर्ता हुन सक्ने छन् भने त्यसको ७२ घण्टाभित्र इजरेली बन्धकहरूको रिहाइ सुरु हुने सम्भावना छ । यसअनुसार आगामी सोमवारदेखि हमासद्वारा बन्धक बनाइएकाहरू रिहा हुन सक्नेछन्, यद्यपि हमासले सम्भव भएसम्म अझ छिटो गर्ने बताएको ती अधिकारीले थपे ।

- ADVERTISEMENT -

Advertisement

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले उक्त सहमतिको पूर्ण कार्यान्वयनमा राष्ट्रसङ्घले सहयोग गर्ने बताएका छन् । उनले गाजाको पुनर्निर्माणका लागि सहयोग गर्ने उल्लेख गर्दै त्यस क्षेत्रमा मानवीय सहायता पनि बढाउने जानकारी दिए। गुटेरसले सहमति कार्यान्वयन गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् ।

यसैबीच, गाजामा रहेका प्यालेस्टिनीहरूले सम्झौताको स्वागतमा उत्सव मनाउन थालेका छन् । सडकमा भेला भई खुशीयाली साटिरहेका दृश्यहरू प्राप्त भएका छन्, जसले दशकौँ लामो द्वन्द्वबाट थकित जनतामा नयाँ आशाको सञ्चार गरेको छ ।

गाजा युद्ध सुरु भएकै दिनदेखि इजरेलबाट सम्पर्कविहीन रहेका नेपालका एक विद्यार्थी विपिन जोशी पनि हमासको नियन्त्रणमा रहेको ठानिएको छ । उनका बाबु महानन्द जोशीले युद्धविरामको चर्चासँगै आफ्नो छोरा छिट्टै सम्पर्कमा आउने आफूले आशा गरेको बताएका थिए ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरेलमाथि आक्रमण गर्दा विपिन जोशीका १० जना सहपाठीको मृत्यु भएको थियो । मृत्यु हुने सबै सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायमा अध्ययनका क्रममा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरेल पुगेका विद्यार्थी थिए । उनी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए। यस सम्झौतासँगै विपिन जोशीको सकुशल रिहाइको आशा पनि बढेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.64
152.24
European Euro
1
170.70
171.38
UK Pound Sterling
1
202.19
202.99
Swiss Franc
1
184.14
184.87
Australian Dollar
1
105.56
105.97
Canadian Dollar
1
107.12
107.55
Singapore Dollar
1
118.55
119.02
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.68
22.77
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.54
4.56
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.33
15.39
Danish Kroner
1
22.84
22.93
Hong Kong Dollar
1
19.32
19.40
Kuwaity Dinar
1
492.10
494.05
Bahrain Dinar
1
401.43
403.02
Omani Rial
1
393.87
395.42