काठमाडौं / अविरल वर्षा र बाढीपहिरोका कारण गत असोज १७ र १८ गतेदेखि अवरुद्ध रहेको बीपी राजमार्ग आज (शुक्रबार) देखि पुनः सञ्चालनमा आउने भएको छ । काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने यो महत्वपूर्ण र छोटो मार्गको मर्मत तथा डाइभर्सन निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै आज साँझसम्म यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
सडक डिभिजन भक्तपुरका प्रमुख इन्जिनियर सुमन योगेशले दिएको जानकारीअनुसार, विभिन्न स्थानमा डाइभर्सन बनाएर सडक सञ्चालनका लागि बाटो खुल्न लागेको हो । निर्माण कार्य तीव्र गतिमा भइरहेको र आज साँझसम्ममा सवारी साधन आवतजावतका लागि राजमार्ग खुला गरिने उनको भनाइ छ ।
- ADVERTISEMENT -

एकदिन अघि भौतिक पूर्वाधार, शहरी विकास तथा ऊर्जा मन्त्री कुलमान घिसिङले सडक डाइभर्सन निर्माण कार्यको अवलोकन गर्दै शुक्रबार साँझसम्म यातायात सञ्चालनको वातावरण बनाउन निर्देशन दिएका थिए । उनको निर्देशनपछि गएराति अबेरसम्म पनि निर्माण व्यवसायीहरूले निरन्तर काम गरेका थिए । सडक विभागका अनुसार, हालैको बाढीले राजमार्गका १६ स्थानका करिब ३।५ किलोमिटर डाइभर्सन बगाएको थियो ।
यसैगरी, गत वर्षको बाढीमा क्षतिग्रस्त भएपछि निर्माण गरिएको ५।३ किलोमिटर डाइभर्सन पनि पूर्ण रूपमा नष्ट भएको थियो । बीपी राजमार्ग वि।सं। २०५३र५४ मा निर्माण सुरु भई २०७२ असार १८ गते सम्पन्न भएको थियो । यो राजमार्ग जापान सरकारको २६ अर्ब जापानी येन र नेपाल सरकारको १।१ अर्ब लागतमा निर्माण गरिएको थियो ।
























