Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रधानमन्त्री कार्कीको सन्देश : नयाँ नेपाल निर्माणमा जेनजीलाई साझेदार बनाइने

प्रकाशित मिति : २०८२ आश्विन २४ गते
file photo.

काठमाडौं / प्रधानमन्त्री सुशीला कार्कीले भविष्यको नेपाल निर्माणमा जेनजी पुस्तालाई अर्थपूर्ण रूपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । जेनजी आन्दोलनको एक महिना पुगेको अवसरमा बिहीबार एक भिडियो सन्देश जारी गर्दै उनले सबैलाई संयम अपनाउन र हिंसाको चक्र रोक्न हार्दिक अपिल गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले युवाहरूको बलिदानबाट प्राप्त यस राजनीतिक क्रान्तिको भावनालाई आत्मसाथ गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘भविष्यको नेपाल निर्माणमा जेनजीलाई अर्थपूर्ण रूपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्नेछौँ । आजका दिन म सबैलाई संयम राख्न र हिंसाको चक्र रोक्न अपिल गर्न चाहन्छु । यो दुःखद घटनालाई नयाँ नेपाल निर्माणको जग बनाउन हामीहरूलाई आपसी सद्भाव र राष्ट्रिय एकता आवश्यक छ ।’

- ADVERTISEMENT -

Advertisement

प्रधानमन्त्री कार्कीले आफ्नो नेतृत्वको सरकार युवाहरूले चाहेको परिवर्तनबारे जानकार रहेको र त्यसप्रति प्रतिबद्ध पनि रहेको स्पष्ट पारिन् । उनले विगतका सरकारहरूले युवाहरूको आवाज सुन्न नसकेको स्वीकार गर्दै यसका लागि सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्ने बताइन् । ‘हामी युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिबद्ध छौँ र नयाँ मार्गमा अघि बढिरहेका छौँ,’ उनले थपिन्, ‘यो माग आगामी निर्वाचनपछि पनि निरन्तर कायम रहनुपर्छ ।’

प्रधानमन्त्रीले युवाहरूमा व्याप्त निराशा र देशप्रतिको अगाध प्रेम दुवैलाई सम्मान गर्ने बताउँदै उनीहरूको बलिदान पछाडि राजनीतिक र आर्थिक सुधार, न्याय, विधिको शासन, भ्रष्टाचार तथा बेथिति उन्मूलनको तीव्र चाहना रहेको उल्लेख गरिन् ।

- ADVERTISEMENT -

Advertisement

सरकारले पीडित परिवारलाई राहत र घाइतेको उपचारका लागि विशेष कार्यक्रम अघि सारेको र उनीहरूको कल्याणका लागि थप संयन्त्र बनाउने क्रममा रहेको जानकारी दिइन् । भ्रष्टाचार, बेरोजगारी, विभेदजस्ता समस्यालाई सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधार गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्रीले जनाइन् ।

उनले वर्तमान सरकार र निर्वाचनपछि आउने नयाँ सरकार दुवैले युवाहरूको सपना साकार पार्न र समृद्ध नेपाल बनाउन ठोस कदम चाल्ने आशा व्यक्त गरिन् । प्रधानमन्त्री कार्कीले अन्त्यमा शहीदहरूको बलिदान खेर जान नदिन अधिकतम प्रयास गरिने र संकटको यो घडीमा सबै एक भएर अघि बढ्ने विश्वास व्यक्त गरिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23