२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025
२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मन्त्री पुनको आग्रह – ‘गुटबन्दी र खुट्टा तानातान नगर्नुहोस्, इतिहासबाट पाठ सिक्नुस्’

प्रकाशित मिति : २०८२ आश्विन २६ गते
- ADVERTISEMENT -

काठमाडौँ / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी पुस्तालाई राष्ट्रिय हितका लागि गुटबन्दी र खुट्टा तानातान नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले इतिहासका उदाहरणहरू पेस गर्दै गुटबन्दी र खुट्टा तानातानको प्रवृत्तिले देशलाई बारम्बार कमजोर बनाएको बताएका छन् ।

मन्त्री पुनले जेनजी पुस्ता र राष्ट्रप्रेमी सम्पूर्ण नेपालीलाई एकताको आव्हान गर्दै भनेका छन्, “तपाईंहरू देशमा सुशासन ल्याउन, भ्रष्टाचार अन्त्य गर्न र समृद्ध नेपाल निर्माण गर्न चाहनुहुन्छ, तर त्यसका लागि एकता अत्यन्तै जरुरी छ । गुटबन्दी र खुट्टा तानातानले त्यो सपना असम्भव बनाउँछ।”

- ADVERTISEMENT -

Advertisement

उनले ऐतिहासिक उदाहरण दिँदै भनेका छन् कि नाबालक राजा रणबहादुर शाहको पालादेखि सुरु भएको गुटबन्दी र खुट्टा तानातानकै कारण देशले दीर्घकालीन नोक्सान भोग्नुपर्‍यो । “त्यो प्रवृत्तिले नै नेपाली जनताले १०४ वर्षसम्म निरंकुश राणातन्त्र बेहोर्नुपर्‍यो,” उनले उल्लेख गरेका छन् ।

पुनले सामाजिक सञ्जालमार्फत ६ बुँदामा सुझाव प्रस्तुत गर्दै गुटबन्दीका कारण देशले भोगेका विभिन्न ऐतिहासिक नतिजा स्मरण गराएका छन् —
१। शाहकालदेखि नै सुरु भएको गुटबन्दीले राणातन्त्रको जन्म गरायो ।
२। राणातन्त्रभित्र पनि आपसी गुटबन्दीले राणा शासनलाई कमजोर बनायो र अन्ततः २००७ सालमा समाप्त गर्‍यो ।
३। प्रजातन्त्र आएपछि दलबीचको खुट्टा तानातानकै कारण राजा महेन्द्रले पञ्चायती शासन ल्याउने अवसर पाए ।
४। पञ्चायती शासनभित्र पनि विभिन्न गुटहरूबीचको द्वन्द्वले व्यवस्था ढल्यो ।
५। २०४६ पछि लोकतन्त्र आए पनि दलहरूबीचको चरम गुटबन्दीले जनतामा मोहभङ्ग गरायो, जसको परिणामस्वरूप जेनजी आन्दोलन विस्फोट भयो ।
६। अहिले पनि जेनजीहरूभित्र त्यस्तै प्रवृत्ति देखा पर्न थालेको भन्दै उनले त्यसलाई रोक्न आग्रह गरेका छन् ।

पुनले लेखेका छन्, “तपाईंहरूमा देशप्रेम छ, सपना छ, क्षमता छ — तर यदि गुटबन्दी र खुट्टा तानातान दोहोरियो भने इतिहासले फेरि हाम्रो पुस्तालाई पनि माफ गर्ने छैन।”

उनले अन्त्यमा भनेका छन्, “म विनम्र अनुरोध गर्दछु — मातृभूमिको अस्तित्वका लागि नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास दोहोर्याउन नदिनुहोस्।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -