२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सरकारद्वारा निर्वाचनको तयारी तिब्र, आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

प्रकाशित मिति : २०८२ कार्तिक २ गते
file photo.
- ADVERTISEMENT -

काठमाडौं / आसन्न निर्वाचनको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन केन्द्रीय सुरक्षा समितिको महत्वपूर्ण बैठक आज (आइतबार) बस्दैछ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बस्ने यस बैठकले निर्वाचन सुरक्षा योजनाको प्रगतिको समीक्षा गर्नेछ ।

बैठकमा गृह र रक्षा मन्त्रालयका सचिवहरू, साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ । गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख एवं सहसचिव आनन्द काफ्लेको नेतृत्वमा गठित एकीकृत निर्वाचन सुरक्षा समितिले तयार पार्दै गरेको सुरक्षा योजनामाथि बैठकमा गहन छलफल हुनेछ । गृहमन्त्री अर्यालले कार्यभार सम्हालेलगत्तै यो समिति गठन गरेका थिए । समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधिहरू सदस्य छन् भने उपसचिव रवीन्द्र अधिकारी सदस्य सचिवको भूमिकामा छन् ।

- ADVERTISEMENT -

Advertisement

केन्द्रीय सुरक्षा समितिले उक्त योजनामा आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिनेछ । यसपछि, उक्त एकीकृत सुरक्षा योजनालाई कार्यान्वयनका लागि प्रत्येक जिल्लामा पठाइनेछ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले स्थानीय स्तरमा योजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नेछ ।

गृहमन्त्री अर्यालले निर्वाचनको तयारी पूर्ण क्षमताका साथ भइरहेको जानकारी दिएका छन् । उनले भने, ‘एकीकृत निर्वाचन सुरक्षा योजना तीव्र गतिमा बन्दै छ । निर्वाचन आयोगसँग पनि सघन छलफल र समन्वय भइरहेको छ । सुरक्षा निकायहरूलाई आवश्यक स्रोतसाधनको कुनै कमी नहुने गरी काम भइरहेको छ ।’

- ADVERTISEMENT -

Advertisement

प्रधानमन्त्रीको सक्रियता
यसै क्रममा प्रधानमन्त्री सुशीला कार्कीले शनिबार अपराह्न सामाजिक सञ्जाल एक्समा एक पोष्ट गर्दै राष्ट्रपतिको उपस्थितिमा सुरक्षा निकायका प्रमुखहरुसँग निर्वाचनको तयारी र सुरक्षाबारे छलफल भएको जानकारी दिएकी छन् । प्रधानमन्त्रीका अनुसार, छलफलमा निर्वाचनको वातावरण तयार गर्न भइरहेका प्रयासहरूको समीक्षा गरियो । सबै सुरक्षा निकायका प्रमुखहरूले उच्च मनोबलका साथ सुरक्षा व्यवस्था मिलाउन तयार रहेको प्रतिबद्धता व्यक्त गरेको उनले उल्लेख गरिन् ।

राष्ट्रपति कार्यालयको पहलमा राजनीतिक दलका नेता र युवा प्रतिनिधिहरूसँगको प्रारम्भिक संवादपश्चात् सरकारले स्वयं अग्रसर भई राजनीतिक दलहरूसँग भेटघाट र छलफललाई तीव्रता दिएको छ । प्रधानमन्त्री कार्कीले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुनसँग भेट गरिसकेकी छन् भने यो साता अन्य राजनीतिक दलका नेताहरूसँग पनि छलफल अघि बढाउने योजना रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले ‘एक्स’ मा लेखिन्, ‘निर्वाचनको वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिइएको छ। राजनीतिक दलहरूसँगको संवादको शुरुवात भएको छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.58
148.18
European Euro
1
169.34
170.03
UK Pound Sterling
1
195.82
196.61
Swiss Franc
1
187.27
188.03
Australian Dollar
1
104.04
104.47
Canadian Dollar
1
107.85
108.29
Singapore Dollar
1
115.38
115.85
Japanese Yen
10
9.27
9.30
Chinese Yuan
1
21.40
21.49
Saudi Arabian Riyal
1
39.33
39.49
Qatari Riyal
1
40.38
40.54
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.18
40.34
Malaysian Ringgit
1
37.55
37.70
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
22.66
22.76
Hong Kong Dollar
1
18.85
18.92
Kuwaity Dinar
1
480.72
482.67
Bahrain Dinar
1
390.94
392.53
Omani Rial
1
383.32
384.88