Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रहरी प्रभाग साँखुमा आगजनी गर्ने दुई पक्राउ

प्रकाशित मिति : २०८२ कार्तिक ९ गते
Sketch

काठमाडौं / काठमाडौंको साँखुस्थित प्रहरी प्रभागमा गत भदौ २४ गते भएको आगजनी र प्रहरीमाथि कुटपिटको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जेनजी आन्दोलनकै बेला लुटपाट भएको प्रहरीको हतकडी र त्यसको चाबीसहित अर्का एक जनालाई पनि नियन्त्रणमा लिइएको छ ।

महानगरीय प्रहरी प्रभाग साँखुका अनुसार, पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–३ मकवानपुरका स्थायी बासिन्दा हाल शंखरापुर नगरपालिका–७ बस्ने ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरापुर नगरपालिका–३ का ४७ वर्षीय सानुकान्छा वाइबा रहेका छन् । उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा पठाइएको प्रभागले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

यता, प्रहरी वृत्त बौद्धले आन्दोलनका क्रममा लुटिएको हतकडी र चाबीसहित झापा दमक नगरपालिका–२ का स्थायी बासिन्दा हाल बालाजु बस्ने २९ वर्षीय साजन श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठलाई कात्तिक ८ गते साँझ ७ बजे गोकर्णेश्वर नगरपालिका–७ दक्षिण ढोकाबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

जेनजी समूहले आयोजना गरेको आन्दोलन प्रदर्शनका क्रममा साँखुमा हिंसात्मक घटना भएको थियो । सो दिन प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी प्रभाग साँखुमा आगजनीका साथै प्रहरीमाथि कुटपिटसमेत भएको थियो । घटनामा प्रहरीका हातहतियार र अन्य सामग्रीहरू पनि लुटिएको बताइएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23