२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

लबुचेमा हेलिकप्टर दुर्घटना, क्षतिको विवरण आउन बाँकी

प्रकाशित मिति : २०८२ कार्तिक १२ गते
- ADVERTISEMENT -

काठमाडौं / सोलुखुम्बुको उच्च हिमाली क्षेत्र लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा हेलिकप्टर चिप्लिएर दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेका अनुसार बुधबार बिहान भएको घटनामा हेलिकप्टरका पाइलट विवेक खड्का सकुशल छन् । दुर्घटना हुँदा हेलिकप्टरमा पाइलटबाहेक अन्य यात्रु नरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले पुष्टि गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

लुक्ला विमानस्थलका अनुसार बिहान ८ः१५ बजे अल्फा माइक सेरा कलसाइन भएको हेलिकोप्टर अवतरणका क्रममा चिप्लिएको हो । अवतरणका क्रममा हेलिप्याडमा चिप्लिएपछि हेलिकप्टरमा सामान्य क्षति पुगेको छ । प्रहरी र स्थानीय प्रशासनले घटनाको विस्तृत विवरण संकलन गरिरहेको र थप जानकारी केही बेरमा सार्वजनिक गरिने जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -