२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपालमा चक्रवात ‘मोन्था’ को प्रभाव कम हुँदै, यी प्रदेशमा वर्षा र हिमपात अनुमान

प्रकाशित मिति : २०८२ कार्तिक १५ गते
File photo.
- ADVERTISEMENT -

काठमाडौं / बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ को प्रभाव नेपालमा कम हुँदै गएको छ । यसअघि भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको ‘मोन्था’ को प्रभाव रातिबाट मत्थर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले गर्दा देशका विभिन्न भागमा आंशिकदेखि पूर्ण बदलीको अवस्था देखिएको छ । कोशी प्रदेशमा पूर्ण बदली छ भने बाँकी भूभागमा साधारणतयादेखि अधिकांश बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

दिउँसोको पूर्वानुमानस् कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा र बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

रातिको पूर्वानुमानस् कोशी प्रदेश र मधेस प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

मौसममा आएको परिवर्तनका कारण यात्रा गर्नेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना भएकाले चिसोबाट बच्न र सुरक्षित रहन आवश्यक तयारीका साथ यात्रा गर्न महाशाखाले अनुरोध गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -