२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रधानमन्त्री कार्कीद्वारा आज सातै प्रदेशका मुख्यमन्त्रीलाई बैठकको लागि आह्वान

प्रकाशित मिति : २०८२ कार्तिक १६ गते
- ADVERTISEMENT -

काठमाडौं / बदलिँदो राजनीतिक परिदृश्यमा संघ र प्रदेश सरकारबीचको समन्वयलाई थप सुदृढ बनाउन प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसहितको बैठक आह्वान गरेकी छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, यस बैठकको मुख्य उद्देश्य परिवर्तित सन्दर्भमा संघ र प्रदेश सरकारहरूबीच निरन्तर संवाद कायम राख्दै सहकार्यलाई अझ सघन बनाउनु हो । संघीय प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि केन्द्र र प्रदेशबीचको समझदारी अपरिहार्य रहेको कुरालाई मध्यनजर गर्दै यो बैठक बोलाइएको हो ।

- ADVERTISEMENT -

Advertisement

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई आमन्त्रण गरिएको छ ।

यस किसिमको उच्चस्तरीय छलफलले प्रदेशहरूका आ(आफ्ना चुनौती, सम्भावना र संघीय सरकारसँगको अपेक्षाबारे खुला संवाद गर्ने अवसर प्रदान गर्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -