२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रहरी कार्यालय आगजनी गर्ने श्रीमान्–श्रीमती पक्राउ

प्रकाशित मिति : २०८२ कार्तिक २२ गते
- ADVERTISEMENT -

झापा / झापामा ‘जेनजी आन्दोलन’का क्रममा प्रहरी कार्यालय तोडफोड गरेको आरोपमा एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ का २२ वर्षीय पदम राई र उनकी २४ वर्षीया श्रीमती पूजा मगर रहेका छन् । उनीहरूलाई शुक्रबार बिर्तामोड नगरपालिका–५ स्थित त्रिवेणी चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काका अनुसार, पक्राउ परेका राई दम्पतीमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड तथा आगजनी गरेको आरोप लागेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको विशेष टोलीले अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

पछिल्लो समय झापामा युवाहरूले विभिन्न माग राखेर गरेको ‘जेनजी आन्दोलन’ले शान्तिपूर्ण प्रदर्शनको सीमा नाघेर केही स्थानमा हिंसात्मक रूप लिएको थियो । यसै क्रममा प्रहरी कार्यालयमाथि समेत आक्रमण भएको घटनाले सर्वसाधारणमा चिन्ता बढाएको थियो ।

पक्राउ परेका श्रीमान्–श्रीमतीलाई हाल इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी कार्य जारी राखेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -