२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जेनजी घाइतेको उपचारमा ढिलाइ नगर्न निर्देशन, देशभरका अस्पताललाई सर्कुलर

प्रकाशित मिति : २०८२ कार्तिक २७ गते
- ADVERTISEMENT -

काठमाडौं / युवाहरूको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उचित व्यवस्थापन र राहतका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन जारी गरेको छ । मन्त्रालयले देशभरका जिल्ला अस्पतालहरूलाई घाइतेहरूको वर्गीकरण कार्यलाई प्राथमिकताका साथ सहजीकरण गर्न निर्देशन दिएको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गृह मन्त्रालयबाट घाइतेहरूको वर्गीकरण कार्य सम्पन्न गरी स्वास्थ्य मन्त्रालयको प्राविधिक समितिमा घाइतेहरूको वर्गीकरणसहितको विवरण पठाउन परिपत्र भइसकेको छ । यसै सन्दर्भमा, कार्यविधि अनुसार यस कार्यलाई समयमै सम्पन्न गर्नका लागि जिल्लास्थित अस्पतालमा कार्यरत चिकित्सकहरू एवम् स्वास्थ्य कार्यालयका प्रमुखहरूले आवश्यक सहयोग र समन्वय गर्नुहुन आह्वान गर्दछौँ ।’

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -