२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुरमा होटल पौवाको १६औं शाखा शुभारम्भ

तीन दिन निःशुल्क ४८ परिकारको स्वाद चखाइने
प्रकाशित मिति : २०८२ कार्तिक २८ गते
- ADVERTISEMENT -

चितवन । नेपाली हस्पिटालिटी उद्योगमा अग्रणी भूमिका निर्वाह गर्दै आएको होटल पौवाले आफ्नो १६औं शाखा चितवनको भरतपुरमा बिहीवारदेखि औपचारिक रुपमा संचालनमा ल्याएको छ । 

एक समारोहकाबीच कम्पनीमा ५ वर्षदेखि हाउस किपिङमा कार्यरत कर्मचारी गीता विश्वकर्माले रिवन काटेर होटलको उद्घाटन गरिन । 

- ADVERTISEMENT -

Advertisement

कर्मचारीहरुको सम्मान स्वरुप कर्मचारीलाई नै होटलको उद्घाटन गर्न लगाईको हो । होटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले चुनौतीपूर्ण लगानी वातावरणका बीच पनि पौवाले पर्यटन र आतिथ्य व्यवसायलाई देशव्यापी रूपमा विस्तार गरिरहेको बताए । 

पछिल्लो समयको राजनीतिक आन्दोलन र आर्थिक अनिश्चितताले लगानीकर्तामा असर पारे पनि पर्यटन क्षेत्रको गति रोक्नु नहुने धारणा पौवाको रहेको छ । 

समुद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवी सुवेदी, चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष ओम पाण्डे, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीलगायतको उपस्थिति रहेको थियो । 

यस्तै होटलको समुद्घाटनको अवसरमा आजदेखि तीन दिनसम्म चल्ने ‘वृहत खाना प्रवद्र्धन महोत्सव’ सुरु भएको छ । 

नेपाली खाना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रममा चितवन, नवलपुर र आसपासमा झण्डै ४० हजार पाहुनालाई निमन्त्रणा गरिएको होटल पौवाको ब्राण्डिङ विभाग प्रमुख विष्णु भण्डारीले जानकारी दिए । 

खाना प्रवद्र्धन कार्यक्रममा भरतपुर शाखासंगै जुम्ला, बुटवल, पाल्पा, काठमाडौँलगायत १६ शाखाको स्टल राखिएको छ । 

जहाँ विभिन्न स्वादमा नेपाली परिकार बनाइएको छ । चितवनलगायतका आसपासका बासिन्दाहरु गएर निःशुल्क रुपमा परिकारको स्वाद लिन पाउने छन् । 

होटल पौवाको भरतपुर शाखामा १७ ओटा लक्जरी कोठासहितको छुट्टै ब्लक रहेको छ । आकर्षक रेस्टुरेन्ट, बालबालिकाका लागि खेल्ने ठाउँ, सुन्दर गार्डेन र प्रशस्त पार्किङ सुविधा रहेको छ । 

विवाह, ब्रतबन्ध तथा कर्पोरेट कार्यक्रमका लागि दुईवटा विशाल हल, साना बैठक र परिवारिक भेटघाटका लागि १० वटा फरक–फरक क्षमताका हल उपलब्ध छ । 

निकट भविष्यमै थप १२ कोठाको सुविधासम्पन्न आवास भवन निर्माणको चरणमा छ । यसका साथै, सौराहा, मौलाकाली, मनकामना र अन्य धार्मिक तथा पर्यटकीय गन्तव्यहरू समेटिएका विशेष टुर प्याकेजहरू पनि शाखाले प्रदान गर्नेछ । 

रुपन्देहीको सालझण्डीबाट सुरु भएको पौवाको यात्रा आज चितवनमा १६औं शाखासम्म पुगेको छ । यसअघि पौवाका शाखाहरू भैरहवा, बुटवल, गोरुसिङ्गे, भालुवाङ, लमही, घोराही, जुम्ला, तानसेन, रेसुङ्गा, धनगढी, पोखरा, काठमाडौं, मुलकोट र कालिञ्चोकमा सञ्चालनमा छन् । 

हाल नेपालगञ्जमा पाँचतारे होटलको मुख्य आवास भवन निर्माणाधीन अवस्थामा रहेको छ भने ब्यांक्वेट र रेस्टुरेन्टबाट सेवा प्रवाह भैरहेको छ । पाल्पाको झिंगामारामा पाँचतारे रिसोर्ट निर्माणका लागि ल्याण्ड स्केपिङको काम भैरहेको छ । 

स्थानीय खाना बनाउन पोख्त महिला सेफहरुबाट नेपालगन्ज र भैरहवामा दाल भात, तरकारी अचार समेटिएको नेपाली खाना “भातभान्छा”को प्रवद्र्धन समेत सुरु गरिएको छ । 

देशभर १,००० भन्दा बढी रोजगारी सिर्जना गर्दै आएको होटल पौवामा २५० भन्दा बढी लगानीकर्ता संलग्न छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -