२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपाली सेनामा जागिरको आह्वान, ३६ सय नयाँ सैनिकको माग

प्रकाशित मिति : २०८२ कार्तिक २८ गते
- ADVERTISEMENT -

काठमाडौं / नेपाली सेनामा ३६ सय जना नयाँ सैनिक भर्ना गर्नको लागि जंगी अड्डाले विज्ञापन जारी गरेको छ । सेना प्रमुखको कार्यालयले सेनाको विभिन्न पृतना, गण र बाहिनीहरूमा सैनिक पदका लागि दरखास्त आह्वान गरेको हो ।

सैनिक पदका लागि भर्ना खुला गरिएको छ जसमा उपत्यका पृतना नारायणहिटीका लागि ३५०, काभ्रेको भकुण्डेबेसीस्थित २६ नम्बर बाहिनी अड्डाका लागि ७५, भक्तपुरको सूर्यविनायकस्थित रणशेर गणका लागि १००, सुनसरीको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरका लागि २०० जनासहित विभिन्न गणमा नयाँ भर्ना गर्न लागिएको छ । यसका अतिरिक्त, सुर्खेतको निमारेस्थित श्री उत्तर पश्चिम पृतना हेडक्वार्टरका लागि सबैभन्दा बढी ४२५ जना मागिएको छ ।

- ADVERTISEMENT -

Advertisement

भर्ना खुलेका अन्य पदहरूमा ब।का।सि, सफाइकर्मी, लोहाकार, केशकर्तक, सूचिकार र चर्मकर्मी पनि मागिएका छन् ।

यस भर्नाका लागि उम्मेदवारहरूले कक्षा ८ को शैक्षिक योग्यता पुरा गरेको हुनुपर्नेछ । एसईई वा सोभन्दा माथिको शैक्षिक प्रमाणपत्र पेश गर्ने उम्मेदवारहरूले कक्षा ८ को प्रमाणपत्र बुझाउनुपर्ने छैन। यद्यपि, कक्षा ८ मा न्यूनतम न्एब् २ ल्याएको हुनुपर्नेछ र कुनै पनि विषयमा म्ं भन्दा कम अंक नआएको हुनुपर्नेछ । एसईई वा सोभन्दा माथिको शैक्षिक योग्यता भएका उम्मेदवारहरूको लागि न्यूनतम न्एब् १।६ अनिवार्य छ ।

विभिन्न ट्रेडका फलोअर्स पदका लागि साधारण लेखपढ गर्न सक्ने व्यक्तिहरू पनि दरखास्त दिन सक्नेछन् ।

दरखास्त दिनका लागि इच्छुक व्यक्तिहरूले कात्तिक २८ देखि मंसिर २७ गतेसम्म आवेदन दिन सक्नेछन् । यसका अतिरिक्त, मंसिर २८ देखि पुस ५ गतेसम्म दोब्बर दस्तुर बुझाएर पनि दरखास्त दिइन सक्नेछ ।

दस्तुरको दर भने खुला वर्गका लागि १५० रुपैयाँ र समावेशीतर्फ थप २० प्रतिशत शुल्क राखिएको छ। ट्रेड फलोअर्सका लागि १ सय रुपैयाँ तोकिएको छ ।

दरखास्त फारम भर्नका लागि सेनाले विभिन्न भर्ना छनौट कार्यालय तोकेको छ, जहाँ उम्मेदवारलाई आफै उपस्थित हुनुपर्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -