२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मधेस प्रदेशमा आन्दोलन भड्काउने काम भएको मुख्यमन्त्री यादवको गम्भीर आरोप

प्रकाशित मिति : २०८२ कार्तिक २९ गते

जनकपुर । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा भइरहेका आन्दोलन र राजनीतिक अस्थिरतामा भारतको हात रहेको गम्भीर आरोप लगाएका छन् । शनिबार जनकपुरमा मधेसवासीलाई सम्बोधन गर्दै उनले वीरगञ्जस्थित भारतीय काउन्सिलरका प्रतिनिधिमार्फत मधेसमा आन्दोलन भड्काउने र मधेसी जनतालाई दुःख दिने काम भइरहेको बताएका हुन् ।

मुख्यमन्त्री यादवले भारतीय पक्षले मधेसमा दलहरू फुटाउने र जुटाउने धम्कीसमेत दिइरहेको खुलासा गरे । उनले आफूमाथि पनि सुरक्षा थ्रेट रहेको जानकारी दिँदै सुरक्षाकर्मीहरूले आफूलाई सुरक्षा चुनौती रहेको बताउँदै आएको उल्लेख गरे । आन्दोलनकारीहरूले आफूलाई निशाना बनाएको दाबी पनि उनले गरे ।

- ADVERTISEMENT -

Advertisement

“मधेस प्रदेशमा वीरगञ्जमा रहेको काउन्सिलर अफिसका प्रतिनिधिहरू सिधै दलहरूसँग प्रत्यक्ष संवादमा रहेर दलहरूलाई थ्रेट गर्ने, दलहरू फोडिदिन्छु भन्ने, दलहरू जुटाइदिन्छु भन्ने, नेताहरूलाई थ्रेट गर्ने प्रकृतिबाट नै दिनप्रतिदिन क्षणक्षणमा सहमति हुने र सहमति भङ्ग गर्ने वातावरण सिर्जना भएको जानकारी गराउन चाहन्छु,” मुख्यमन्त्री यादवले भने ।

उनले आफू संवैधानिक ढङ्गबाट सरकारको नेतृत्वमा आएको र कुनै माग भए संवादमार्फत समाधानको बाटोमा अघि बढ्न आन्दोलनकारी राजनीतिक दलहरूलाई आग्रह गरे । सुरक्षाको अवस्थाबारे बोल्दै उनले भने, “मलाई नेपाल सरकारको आर्मीको सुरक्षा छ । सशस्त्र प्रहरीको सुरक्षा छ । नेपाल प्रहरीको सुरक्षा छ । तर पनि मलाई सुरक्षा थ्रेट छ । माननीय सभामुखज्यूको सुरक्षामा एउटा टुकडी नै छ प्रहरीको । अन्य मन्त्रीहरूलाई पनि सुरक्षा छ ।”

सुरक्षा निकायको रिपोर्टिङ अनुसार नै आफूलाई कार्यक्रमहरू कम गर्न र संवेदनशील रहन भनिएको उनले बताए । “त्यसो भएको हुनाले हामीसँग पनि सुरक्षा निकायकै रिपोर्टिङ अनुसार मुख्यमन्त्रीज्यू कार्यक्रम कम गर्नुपर्यो, सीमित कार्यक्रमहरू गर्नुपर्यो । अलिकति सुरक्षा चुनौती छ । अलि संवेदनशील भइदिनुपर्यो भनेर आइसकेपछि यी विषयवस्तुहरू मैले कसलाई भन्ने रु सुरक्षा थ्रेट मलाई कोबाट छ रु अरु जनताबाट त हुँदैन । त्यो आन्दोलनकारीबाट नै हुन्छ,” उनले थपे ।

मुख्यमन्त्री यादवले आफू सुरक्षित नभएको अवस्थामा अन्य व्यक्ति र दलका माननीयहरू पनि सुरक्षित हुन नसक्ने तर्क गरे । उनले आफूमाथि आक्रमण हुँदा आफ्ना पार्टी कार्यकर्ता र समर्थकहरूलाई पनि आक्रमण नगर्ला भन्न नसकिने बताए । मुख्यमन्त्री यादवले भारतीय पक्षको दबाबका कारण मधेस प्रदेशमा आन्दोलनकारीहरूसँग वार्तामा बस्ने वातावरणसमेत बन्न नसकेको उल्लेख गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.29
175.99
UK Pound Sterling
1
204.04
204.85
Swiss Franc
1
186.38
187.12
Australian Dollar
1
108.63
109.07
Canadian Dollar
1
109.31
109.74
Singapore Dollar
1
119.02
119.50
Japanese Yen
10
9.64
9.68
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.16
11.21
Swedish Kroner
1
15.78
15.85
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45