Opens in a new tab
२०८३ कार्तिक १, शनिबार
October 17, 2026
२०८३ कार्तिक १, शनिबार
October 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अङ्कुरममा ‘डिजिटल पेडागोजी एक्सलेन्स प्रोग्राम’ सुरु

प्रकाशित मिति : २०८२ मंसिर २० गते

चितवन / कक्षाकोठाको सिकाइ प्रक्रियालाई डिजिटल प्रविधिबाट थप प्रभावकारी, सहभागितामूलक र सहज बनाउन विद्यार्थीकेन्द्रित शिक्षणविधि अपनाई आलोचनात्मक सोच, सिर्जनशीलता र सहकार्यजस्ता सीपहरू विकास गर्न सहयोग पु¥याउने उद्देश्यले शिक्षकलाई आधुनिक उपकरण र प्रविधि प्रयोग गरी शिक्षण पद्धति सुधार गर्न सक्षम बनाउन तीनदिने ‘डिजिटल पेडागोजी एक्सलेन्स प्रोग्राम’ बिहीबारदेखि सुरू भएको छ ।

भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमी र काठमाडौँ युनिभर्सिटीको संयुक्त आयोजनामा तीनदिने शिक्षक तालिम सुरु भएको हो । ‘डिजिटल पेडागोजी एक्सलेन्स प्रोग्राम’मार्फत प्रशिक्षार्थी शिक्षकहरूलाई कृत्रिम बुद्धिमत्ताको प्रयोग र भविष्यको तयारीका लागि तयार पार्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

तालिमले प्रशिक्षार्थीहरूलाई डिजिटल शिक्षण पद्दतिमा सुधार ल्याउने, कृत्रिम बुद्धिमत्तामा आधारित ‘टुल’हरुको प्रयोगबारे सिकाइने, काठमाडौँ युनिभर्सिटीको प्रमाणिक शिक्षणविधिको अनुभव गर्न सकिने र कक्षाकोठमा शिक्षक–विद्यार्थीको संलग्नतामा सुधार ल्याउने प्राचार्य सुमन पौडेलले जानकारी दिए ।

काठमाडौँ युनिभर्सिटी स्कुल अफ एजुकेसनका डिन शेषकान्त पङ्गेनी र काठमाडौँ युनिभर्सिटी डिपार्टमेन्ट अफ स्टिम एजुकेसनका लेक्चरर प्रतितराज गिरीले तालिम प्रदान गर्ने कार्यक्रममा अङ्कुरम् एकेडेमीसहित चितवन र नवलपुरका विभिन्न विद्यालयका ६७ जना प्रिन्सिपल तथा शिक्षकहरूको सहभागिता रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रशिक्षणले डिजिटल पेडागोजीको मूल्याङ्कन, आधार र संलग्नताबारे जानकारी दिने, रणनीतिक विश्लेषणअन्तर्गत राष्ट्रिय नीति र अन्तर्राष्ट्रिय मापदण्डबारे जानकारी दिने, कोल्याबोरेटिभ क्लाउडको गुगल डक्स, गुगल स्लाइड र गुगल फर्मको प्रभावकारी प्रयोग गर्न सिकाउनुका साथै च्याटजिपिटी, जेमिनी, डिपसिक तथा कोपाइलटको प्रयोगबारे प्रशिक्षार्थीलाई गहिरो ज्ञान दिने, एआई फर क्रिएसन ः म्याजिक स्कुल एआईअन्तरगत लेसन प्लान जेनरेटर तथा रुब्रिक जेनेरेटरबारे जानकारी र प्रभावकारी प्रयोगबारे प्रशिक्षार्थीलाई दक्ष बनाउने लक्ष्य राखिएको छ ।

विद्यालय सञ्चालक समिति अध्यक्ष आनन्दबहादुर चन्दको अध्यक्षतामा उद्घाटित प्रशिक्षण कार्यक्रममा प्राचार्य सुमन पौडेलले स्वागत मन्तव्य राखेका थिए भने विद्यालयका आवासीय निर्देशक नईम चौधरीले धन्यवाद ज्ञापन गरेका थिए । पहिलो र दोस्रो दिनको प्रशिक्षण अङ्कुरम् एकेडेमीको बहुउद्देश्यीय सभा हलमा र तेस्रो दिनको प्रशिक्षण सौराहास्थित ल्याण्डमार्क फरेष्ट पार्कमा आवासीय सुविधासहित सञ्चालन हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.64
152.24
European Euro
1
170.70
171.38
UK Pound Sterling
1
202.19
202.99
Swiss Franc
1
184.14
184.87
Australian Dollar
1
105.56
105.97
Canadian Dollar
1
107.12
107.55
Singapore Dollar
1
118.55
119.02
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.68
22.77
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.54
4.56
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.33
15.39
Danish Kroner
1
22.84
22.93
Hong Kong Dollar
1
19.32
19.40
Kuwaity Dinar
1
492.10
494.05
Bahrain Dinar
1
401.43
403.02
Omani Rial
1
393.87
395.42