२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

फागुन २१ निर्वाचन : अन्यौलता चिर्दै निर्वाचनमा देश

प्रकाशित मिति : २०८२ पुष १५ गते
File photo.
- ADVERTISEMENT -

काठमाडौं / संसद् पुनर्स्थापनासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा उत्पन्न राजनीतिक अन्योललाई चिर्दै मुलुक पूर्ण रूपमा निर्वाचनको प्रक्रियामा प्रवेश गरेको छ । निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाएसँगै आगामी २१ फागुनका लागि तय भएको निर्वाचनको सुनिश्चितता बढेको हो ।

यससँगै पछिल्लो केही समयदेखि कायम रहेको निर्वाचन हुने वा नहुने भन्ने संशय हटेको छ र सिंगो मुलुक अब निर्वाचनको चुनावी मैदानमा होमिएको छ ।

- ADVERTISEMENT -

Advertisement

निर्वाचन आयोगले आइतबार र सोमबारका लागि तय गरेको समयसीमाको अन्तिम दिन ठुला तथा साना दलहरूले उत्साहजनक रूपमा बन्दसूची बुझाएका छन् । आयोगबाट बन्दसूची बुझाउनका लागि कुल ६१ दलले निस्सा लिएका थिए । नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० लगायतका प्रमुख राजनीतिक दलहरूले सोमबार राति अबेरसम्म आयोग पुगेर सूची दर्ता गराएका छन् ।

सूची परिमार्जन र आन्तरिक समीकरण मिलाउनुपर्ने भएकाले दलका नेताहरू राति २ बजेसम्म आयोगकै कार्यकक्षमा व्यस्त देखिएका थिए । कांग्रेस नेता मीन विश्वकर्मासहितको टोली इजलास शाखामै बसेर सूची मिलाउन व्यस्त देखिन्थ्यो भने नेकपाका नेताहरू राजेन्द्र पाण्डे, शक्ति बस्नेत, गणेश विक र मुक्ति प्रधानलगायत सचिवको कार्यकक्षमा कागजात दुरुस्त पार्न खटिएका थिए । एमालेका नीरज आचार्यसहितको टोली भने मध्यरातअघि नै प्रक्रिया सकेर बाहिरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

समावेशी क्लस्टर र कानुनी बाध्यता
प्रतिनिधिसभाको २७५ सिटमध्ये ११० सिट ९४० प्रतिशत० समानुपातिकतर्फ छुट्याइएको छ । निर्वाचन निर्देशिका २०८२ अनुसार दलहरूले समावेशी सिद्धान्तको पूर्ण पालना गर्दै बन्दसूची बुझाउनुपर्ने व्यवस्था छ । जसअनुसार खसआर्य ९३१।२५०, आदिवासी जनजाति ९२८।७५०, मधेसी ९१५।३५०, दलित ९१३।८५०, थारू ९६।६५० र मुस्लिम ९४।४५० को प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

प्रत्येक क्लस्टरमा ५० प्रतिशत महिला अनिवार्य हुनुपर्ने प्रावधानका साथै अपाङ्गता भएका व्यक्ति र पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई पनि विशेष ध्यान दिइएको छ । समानुपातिकतर्फ कम्तीमा ११ जनाको सूची बुझाउनुपर्ने प्रावधान छ भने ५० हजार रुपैयाँ धरौटीको व्यवस्था गरिएको छ ।

चुनाव खर्चको सीमा स् २५ देखि ३३ लाखसम्म
निर्वाचनलाई पारदर्शी र व्यवस्थित बनाउन आयोगले उम्मेदवारको खर्चको सीमा समेत निर्धारण गरेको छ । प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रलाई भौगोलिक र जनसंख्याका आधारमा पाँच वर्गमा विभाजन गरिएको छ स्

न्यूनतम सीमा ९२५ लाख०स् काठमाडौंका क्षेत्र नम्बर १, ३, ६, ७ र ८ मा उम्मेदवारले अधिकतम २५ लाखसम्म खर्च गर्न पाउनेछन् ।

अधिकतम सीमा ९३३ लाख०स् ताप्लेजुङ, पाँचथर, संखुवासभा, मुगु, डोल्पा, हुम्लालगायत दुर्गम र ठुला २६ निर्वाचन क्षेत्रमा ३३ लाख रुपैयाँसम्म खर्चको सीमा तोकिएको छ ।

अन्य क्षेत्रमा भौगोलिक सुगमता र मतदाता संख्याका आधारमा २७ लाख, २९ लाख र ३१ लाख रुपैयाँको सिलिङ राखिएको छ ।

समय थप नहुने आयोगको अडान
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले तोकिएको समयभित्र कार्यालय परिसरमा प्रवेश गरेका सबै दलको सूची दर्ता गरिने तर म्याद थपको कुनै सम्भावना नरहेको प्रस्ट पारेका छन् । ‘हामी प्रचलित कानुन र कार्यतालिकामा प्रतिबद्ध छौँ,’ प्रवक्ता भट्टराईले भने, ‘आज अन्तिम दिन भएकाले कार्यालयमा आएकाहरूको काम नसकिएसम्म कर्मचारीहरू निरन्तर खटिनेछन् ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.58
148.18
European Euro
1
169.34
170.03
UK Pound Sterling
1
195.82
196.61
Swiss Franc
1
187.27
188.03
Australian Dollar
1
104.04
104.47
Canadian Dollar
1
107.85
108.29
Singapore Dollar
1
115.38
115.85
Japanese Yen
10
9.27
9.30
Chinese Yuan
1
21.40
21.49
Saudi Arabian Riyal
1
39.33
39.49
Qatari Riyal
1
40.38
40.54
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.18
40.34
Malaysian Ringgit
1
37.55
37.70
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
22.66
22.76
Hong Kong Dollar
1
18.85
18.92
Kuwaity Dinar
1
480.72
482.67
Bahrain Dinar
1
390.94
392.53
Omani Rial
1
383.32
384.88