चितवन । भरतपुर वडा नं ५, नारायणपुरस्थित उग्यार्न न्होर्बु छ्योलिङ्ग गुम्बाको अध्यक्षमा पुन: चेतबहादुर तामाङ निर्वाचित भएका छन् ।
गुम्बाको शनिवार सम्पन्न आठौं अधिवेशनबाट ११ सदस्यीय कार्यसमिति सहित तामाङ अध्यक्षमा पुन: निर्वाचित भएका हुन् ।
- ADVERTISEMENT -

अधिवेशनले उपाध्यक्षमा राजकुमारी तामाङ, सचिवमा खरबहादुर तामाङ (सन्तोष), कोषाध्यक्षमा वीरबहादुर तामाङ, सहकोषाध्यक्षमा मेघबहादुर तामाङ चयन भएका छन् ।
यस्तैगरी सदस्यहरूमा चित्रबहादुर तामाङ, कुमराज तामाङ, मिनराज तामाङ, टेकबहादुर तामाङ, इन्दु तामाङ, रीमा तामाङ निर्वाचित भए ।
- ADVERTISEMENT -

कार्यक्रममा भरतपुर वडा नं ५ का वडा सदस्य मुना तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।
चेतबहादुर तामाङको सभापतित्वमा सम्मन्न भएको कार्यक्रम खरबहादुर तामाङले संचालन गरेको हो ।
वि.सं. २०६० सालमा स्थापित गुम्बाको हरेक दुई वर्षमा अधिवेशन हुँदै आएको छ ।
















































