२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुरको छेच्यु गुम्बामा माघ १० गते विविध साँस्कृतिक कार्यक्रम हुने [video]

राष्ट्रिय कलाकार फूलकुमार, सेलो गायक मदनको बेजोड प्रस्तुति
प्रकाशित मिति : २०८२ माघ ६ गते
- ADVERTISEMENT -

–बबिलाल तामाङ

चितवन । भरतपुरका तामाङ समुदायले २८६३औं सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

- ADVERTISEMENT -

Advertisement

भरतपुर–११ स्थित छेच्यु थर्पलिङ गुम्बामा यही माघ १० गते उक्त साँस्कृतिक कार्यक्रम गर्न लागेको भरतपुर नगर तामाङ समाजका अध्यक्ष सूर्यप्रकाश लामाले सोमबार पत्रकार सम्मेलन मार्फत् जानकारी दिए ।

हरेक वर्ष ल्होछारकै दिनमा गर्ने कार्यक्रमलाई यो पटक ल्होछारको पहिलो शनिबार गर्ने निर्णय भए अनुसार नयाँ थालनीको सुरुवात गरिएको समाजका अध्यक्ष लामाले बताए ।

- ADVERTISEMENT -

Advertisement

छेच्यु गुम्बामा चन्द्र पात्रो अनुसार माघ ५ गते ल्होछारको दिन सर्प वर्गलाई विदाई तथा घोडा वर्गलाई स्वागत गरिएको थियो । तामाङ समुदायले ल्होछारमा आफूभन्दा ठूलावडाबाट आशीर्वाद लिने, दाजुबहिनी तथा आफन्तजनहरुलाई बोलाएर मीठोमीठो खुवाउने, रमाइलो गर्ने गर्दछन् ।

गुम्बामा २०६६ सालदेखि हर्षोल्लासका साथ मनाउँदै आएको सोनाम ल्होछारको अवसर पारेर गरिने उक्त कार्यक्रममा रक्तदान तथा राष्ट्रिय कलाकार फूलकुमार बमजन, सेलो मदन घलान र स्थानीय कलाकारहरुको प्रस्तुति रहने उनले बताए ।

कार्यक्रमकै लागि म्हाणिमा आमा समूहलाई डम्फू तालिम समेत दिइएको उनले भने । डम्फू तालिमले तामाङको संस्कृति जोगाउन थोरै भएपनि सहयोग पुग्ने उनको विश्वास छ ।

उनले कार्यक्रममा सम्पूर्ण तामाङ तथा अन्य समुदायहरुलाई सहभागिताका लागि आह्वान समेत गरेका छन् । ल्होछार पर्व जापान, कोरिया, चीन, हङकङ, मकाउलगायतको देशमा हरेक वर्ष भव्यताका साथ मनाउँदै आएको छ ।

कार्यक्रममा भरतपुर नगर तामाङ समाजका पूर्व अध्यक्ष गंगा लामाले तामाङलाई एकताको शुत्रमा बाँध्न साँस्कृतिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

राज्यले हामी तामाङ समुदायलाई सधैँ थिचोमिचो गर्दै आएको र यस कार्यक्रमबाट राज्यलाई खबरदारी र हाम्रो अधिकारलाई सुनिश्चित गराउन बल पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा भरतपुर नगर तामाङ समाजका संस्थापक अध्यक्ष दिलमाया तामाङ, पूर्वअध्यक्ष पासाङ तामाङ, उपाध्यक्ष अनिष लामा, महिला उपाध्यक्ष सरिता तामाङ, सचिव सीताराम तामाङ, छेच्यु थर्पलिङ गुम्बाका पञ्चबहादुर तामाङ, अधिवक्ता अजयकुमार तामाङ लगायत विभिन्न तामाङ समुदायका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

समाजले विगत १७ वर्षदेखि छेच्यु थर्पलिङ गुम्बामा तामाङ समुदायको महान पर्व सोनाम ल्होछार मनाउँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.58
148.18
European Euro
1
169.34
170.03
UK Pound Sterling
1
195.82
196.61
Swiss Franc
1
187.27
188.03
Australian Dollar
1
104.04
104.47
Canadian Dollar
1
107.85
108.29
Singapore Dollar
1
115.38
115.85
Japanese Yen
10
9.27
9.30
Chinese Yuan
1
21.40
21.49
Saudi Arabian Riyal
1
39.33
39.49
Qatari Riyal
1
40.38
40.54
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.18
40.34
Malaysian Ringgit
1
37.55
37.70
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
22.66
22.76
Hong Kong Dollar
1
18.85
18.92
Kuwaity Dinar
1
480.72
482.67
Bahrain Dinar
1
390.94
392.53
Omani Rial
1
383.32
384.88