२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा दलहरुले गरे मनोनयन दर्ता

देशभर दुई हजार ६५५ जनाको उमेदवारी
प्रकाशित मिति : २०८२ माघ ७ गते

भरतपुर / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवनमा राजनीतिक दलहरुले उमेदवारी मनोनयनपत्र दर्ता गरेका छन् ।

चितवन क्षेत्र नं १ मा १९ जनाको उमेदवारी परेको छ । नेपाली कांग्रेसबाट राजेन्द्रप्रसाद बुर्लाकोटी, नेकपा एमालेबाट दावादोर्जे लामा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकाल, नेपाली कम्युनिस्ट पार्टीबाट डा. कृष्ण पन्त र राप्रपाबाट बलराम खनालले उमेदवार मनोनयन दर्ता गराएका छन् ।

- ADVERTISEMENT -

Advertisement

यस्तै, नेकपा (माओवादी) बाट गणेशबहादुर श्रेष्ठ, राष्ट्रिय जनमोर्चाबाट सीतादेवी क्षेत्री, नेमकिपाबाट अर्जुन प्रजा, श्रम संस्कृति पार्टीबाट अनिल तामाङ, मंगल नेसनल अर्गनाइजेसनबाट प्रेमलाल चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट विकास कामी, नेकपा संयुक्तबाट दुर्गादत्त अर्याल, उज्यालो नेपाल पार्टीबाट धनबहादुर गुरूङ, नेसनल रिपब्लिक नेपालबाट ईश्वरी गुरूङ, जसपा नेपालबाट अजय ठाकुर हजाम र स्वतन्त्रबाट शौरभ कँडेल, हरिप्रसाद रेग्मी, रामेश्वरप्रसाद घिमिरे र सञ्जय रिजालले मनोनयन दर्ता गरेका छन् ।

यस्तै, चितवन क्षेत्र नं २ मा २० जनाले उमेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निकिता पौडेलको वारेसमार्फत रवि लामिछाने, नेपाली कांग्रेसबाट मीनाकुमारी खरेल, नेकपा एमालेबाट अस्मिन घिमिरे, नेपाली कम्युनिष्ट पार्टीबाट प्रताप गुरुङ र राप्रपाबाट जगदीश्वर अधिकारीसहित २० जनाले उमेदवारी दर्ता गराएका छन् ।

यस्तै, नेकपा (माओवादी)बाट दिर्शनाकुमारी शाही, राष्ट्रिय जनमोर्चाबाट देवी शर्मा, जसपा नेपालबाट कमानसिंह चौधरी, मंगल नेसनल अर्गनाइजेसनबाट ऋषा गोले, आजपाबाट देवीकुमारी मगर, श्रम संस्कृति पार्टीबाट मिलन थापामगर, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रकाशबहादुर पाण्डे, जनमत पार्टीबाट निर्मलाकुमारी ठाकुर, उज्यालो नेपाल पार्टीबाट नि.कुमार पाख्रिनले उमेदवारी दर्ता गरेका छन् । स्वतन्त्रबाट प्रतापसिंह तामाङ, प्रवीन सापकोटा, रवि कुमाल, इन्द्रबहादुर स्याङतान, कृष्णप्रसाद चापागाईं र शंकुप्रसाद जैसीले मनोनयन दर्ता गरेका छन् ।

यस्तै, चितवनको चर्चित क्षेत्र नं ३ मा नेपाली कम्युनिष्ट पार्टीबाट रेनु दाहाल, नेपाली कांग्रेसबाट टेकप्रसाद गुरूङ, नेकपा एमालेबाट शंकरराज थपलिया, राप्रपाबाट दीपक थापामगर र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोबिता गौतमसहित २३ जनाले उमेदवार मनोनयन दर्ता गराएका छन् ।

आसन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । जसमा दुई लाख १७ हजार ३१४ जना पुरुष र दुई लाख २४ हजार ७६६ जना महिला एवम् दुई जना तेस्रो लिङ्गी रहेका छन् ।

जिल्लाका १६२ वटास्थल र ४९४ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्ने छन् । निर्वाचन कार्यालय चितवनका प्रमुख भीमशेन कार्कीले प्रतिनिधिसभा निर्वाचन २०७९ को निर्वाचनको तुलनामा यस वर्ष हुने प्रतिनिधिसभा निर्वाचनमा ३३ हजार ७४० जना नयाँ मतदाता थपिएका छन् भने ३४ वटा मतदान केन्द्र थप भएको बताए ।

क्षेत्र नम्बर १ मा एक लाख ४९ हजार ६२१ जना मतदाता रहेका छन् । जसमा ७६ हजार ७६१ जना पुरुष र ७५ हजार ८६० जना महिला रहेका छन् । यस क्षेत्रमा ५६ वटा मतदानस्थल र १६८ वटा मतदान केन्द्र रहेका छन् ।

यस्तै, क्षेत्र नम्बर २ मा एक लाख ३७ हजार १५२ जना मतदाता रहेका छन् । तीमध्ये ६७ हजार ८५७ पुरुष र ६९ हजार २९४ महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । यहाँ ४८ वटास्थल र १५२ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्ने छन् ।

क्षेत्र नम्बर ३ मा एक लाख ५५ हजार ३०९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । तीमध्ये ७५ हजार ६९६ जना पुरुष र ७९ हजार ६१२ जना महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । उनीहरूले ६३ वटास्थल र १७४ वटा केन्द्रबाट मतदान गर्ने छन् । प्रतिनिधिसभा २०७९ मा जिल्लामा चार लाख आठ हजार ३४२ मतदाता रहेका थिए ।

प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ मङ्गलबार साँझ ५ः०० बजेसम्म २ हजार ६५५ जनाको उमेदवारी दर्ता भएको छ । जसमा महिलाको संख्या ३०३ रहेको छ । पुरुष उमेदवारको संख्या भने २ हजार ३५२ रहेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुुसार साँझ ५ः०० गनेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय प्रवेश गरेकाले उमेदवारी दर्ता गर्न पाउनेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89