२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन उद्योग वाणिज्य संघले मनायो ६६औं स्थापना दिवस

प्रकाशित मिति : २०८२ माघ १९ गते

भरतपुर \ चितवन उद्योग वाणिज्य संघले आज (आइतबार) विविध कार्यक्रमको आयोजना गरी ६६ औं स्थापना दिवस मनाएको छ । संघको सचिवालयमा औपचारिक कार्यक्रम सहित ६६ वटा दिप प्रज्ववलन गरी स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले २०१६ सालमा स्थापित चितवन उद्योग वाणिज्य संघलाई आजको अवस्थामा ल्याइपुर्याउनको लागि अग्रजहरुले खेल्नुभएको भूमिकाको प्रशंसा गर्दै संघ अग्रजहरुको मार्गनिर्देशन र सरसल्लाह बमोजिम अगाडि बढ्ने बताए । कार्यक्रममा अध्यक्ष सुवेदीले यस क्षेत्रको सामाजिक आर्थिक र व्यवसायिक विकासका साथै संघमा आवद्ध सदस्यहरुको आवश्यकतालाई ध्यानमा राखेर कार्य गर्ने बताए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा संघका पूर्व अध्यक्ष रमेशकुमार पियाले विगतका दिनहरुलाई स्मरण गर्दै नेपाल उद्योग वाणिज्य महासंघको स्थापना हुुुनुभन्दा पहिलानै परिकल्पना गरिएको यस संघले लामो यात्रा पार गर्न सफल भएको बताए । उनले व्यवसायीको हक, हितको संरक्षण, संवर्धन र प्रवर्धन गर्दै व्यवसायिक ऐक्यवद्धता जाहेर गर्ने उद्देश्यले स्थापित चितवन उद्योग वाणिज्य संघ आज यस क्षेत्रको सामाजिक, आर्थिक एवम् सांस्कृतिक विकासको संवाहकको रुपमा स्थापित भएको बताउँदै अग्रज लगायत पूर्व कार्यसमिति र वर्तमान कार्यसमितिलाई हार्दिक आभार ब्यक्त गरे ।

सोही कार्यक्रममा बोल्दै संघका पुर्व अध्यक्ष राजन गौतमले चितवन उद्योग वाणिज्य संघले गरेका पुराना कार्यहरुको स्मरण गराउँदै संघले व्यवसायीहरुको हक, हितका साथै चितवनको आर्थिक सामाजिक विकासमा सवै पदाधिकारी कार्यसमिति एवम् सम्पूर्ण संघमा आवद्ध व्यवसायीहरु एकवद्ध भएर लाग्न आग्रह गरे ।

कार्यक्रममा चितवन अटोमोवाइल्स एशोसियसनका अध्यक्ष मोहन केसीले संघको स्थापना दिवसमा वोल्ने अवसर दिएकोमा संघलाई धन्यवाद दिदै उनले व्यवसायीहरुको हक हितको लागि लागेकोमा संघ प्रति हार्दिक आभार प्रकट गरे ।

स्थापना दिवसको अवसरमा निशुल्क स्वास्थ्य परिक्षण सञ्चालन गरिएको थियो उक्त निशुल्क स्वास्थ्य परिक्षणको लागि नेशनल सिटि हस्पिटलले प्राविधिक सहयोग गरेको थियो ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष रामप्रसाद श्रेष्ठ, रमेश कुमार पिया, उदयकुमार श्रेष्ठ, मित्रराज दवाडी, उत्तमलाल चुके ,डा। तिलचन्द्र भट्टराई, काल्याण जाशी, राजन गौतम, सहनलाल प्रधान, निवर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठ लगायत संघका पदाधिकारी, कार्यसमिति सदस्य, पूर्व पदाधिकारी एवम् कार्यसमिति सदस्य, वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधि, संघका कर्मचारी एवम् साधारण सदस्य लगायतको उपस्थिति रहेको थियो ।

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा भएको स्थापना दिवसको कार्यक्रम वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले धन्यवाद ज्ञापन गरे उक्त कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गरेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45