काठमाडौं / रौतहट–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट अन्दाजी ६ वर्षीय एक नाबालकको ज्यान गएको छ ।
स्थानीयका अनुसार बालकलाई ठक्कर दिएपछि गाडीमा सवार उम्मेदवार आलम र चालक घटनास्थलबाट फरार भएका छन् । ठक्कर दिने गाडी भने प्रहरीले नियन्त्रणमा लिएको छ।
- ADVERTISEMENT -

प्रहरी स्रोतका अनुसार बा १५ च ४२४४ नम्बरको क्रेटा गाडीले बालकलाई ठक्कर दिएको हो । दुर्घटनापछि गाडी नियन्त्रणमा लिइए पनि गाडीमा सवार व्यक्ति र चालक फरार रहेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ । घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ ।


















































