२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुरमा स्कार्पियोको ठक्करबाट एकको मृत्यु

चार घाइते, चालक नियन्त्रणमा
प्रकाशित मिति : २०८२ माघ २९ गते
sketch

चितवन / भरतपुर महानगरपालिका–७ प्रेमबस्ती स्कुलचोकमा स्कार्पियोले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

गीतानगरबाट भरतपुरतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ह २३८८ नम्बरको अटोलाई आज (बिहीबार) बिहान करिब ४ बजे भित्री सडकबाट आउँदै गरेको बा.प्र. ०१–०२९ च १४१७ नम्बरको स्कार्पियोले ठक्कर दिएको हो ।

दुर्घटनामा अटोमा सवार चितवन माडी नगरपालिका–७ निवासी ४४ वर्षीय मिनबहादुर खत्री क्षेत्री गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर लगिएकोमा चिकित्सकले बिहान ५ः०५ बजे मृत घोषणा गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै, ७२ वर्षीया हरिकला खत्रीको दाहिने खुट्टा भाँचिएको छ भने ४५ वर्षीया अम्बिका जिसीको दाहिने खुट्टा र टाउकोमा भित्री चोट लागेको छ। २२ वर्षीय अमित खत्री क्षेत्रीको हातखुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । अटो चालक भरतपुर–१२ निवासी ३३ वर्षीय सूर्य रिमालको निधारमा चोट लागेको र अवस्था मध्यम रहेको छ ।

दुर्घटनाका क्रममा सोही स्थानमा रहेको जनक गिरीको पूजा सामग्री पसलको सटरमा समेत ठक्कर लाग्दा क्षति पुगेको छ। दुवै सवारी साधनमा पनि क्षति भएको प्रहरीले जनाएको छ। स्कार्पियो चालक नवलपुर गैंडाकोट नगरपालिका–६ निवासी ३४ वर्षीय कृष्ण बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय गीतानगरबाट प्रहरी निरीक्षक सागर भुषालको नेतृत्वमा टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89