२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

ग्यासको आयातमा तीव्रता, १ लाख ७३ हजार बढी सिलिण्डर भित्रियो

प्रकाशित मिति : २०८२ फाल्गुन १३ गते
File photo.

काठमाडौं / आसन्न निर्वाचनका समयमा हुन सक्ने इन्धनको उच्च माग र सम्भावित संकटलाई मध्यनजर गर्दै नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयातलाई थप तीव्र बनाएको छ । निर्वाचन अवधिभर बजारमा ग्यासको सहज उपलब्धता कायम राख्न निगमले भारतीय आयल कर्पोरेसनसँगको समन्वयमा लोडिङको दरलाई उच्च बनाएको हो ।

निगमद्वारा उपलब्ध गराइएको पछिल्लो विवरण अनुसार, मंगलबार यो आर्थिक वर्षकै सबैभन्दा धेरै परिमाणमा ग्यास लोड भएको छ । उक्त दिन एकैपटक १३८ बुलेट ग्यास लोड गरिएको हो, जुन करिब १ लाख ७३ हजार ८०० सिलिन्डर बराबरको परिमाण हो । निर्वाचन केन्द्रित विशेष तयारीअन्तर्गत आपूर्ति व्यवस्थालाई सुदृढ बनाउन आयातमा यस्तो बढोत्तरी गरिएको निगमले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले निर्वाचनको समयमा उपभोक्ताले ग्यासको अभाव झेल्नु नपर्ने भन्दै ढुक्क रहन आग्रह गरेका छन् । उनले आपूर्ति प्रणालीलाई नियमित र व्यवस्थित तुल्याइएको जानकारी दिँदै बजारमा हुन सक्ने सम्भावित कृत्रिम अभाव र कालोबजारी नियन्त्रणका लागि भण्डारण र वितरण प्रक्रियालाई अझै चुस्त बनाइएको स्पष्ट पारेका छन् । निर्वाचन अवधिभर पनि ग्यासको आपूर्तिलाई यसैगरी उच्च प्राथमिकतामा राखेर नियमित गरिने निगमको योजना छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37