चितवन / भरतपुर–१० स्थित अम्बर एभरेष्ट इङलिस स्कुलले ४५औं वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाएको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थी र अभिभावकहरुको उल्लेख्य उपस्थिति ४५ वार्षिकोत्सव मनाइएको स्कुलका प्राचार्य हरिप्रसाद अधिकारीले जानकारी दिए ।
- ADVERTISEMENT -

कार्यक्रमका प्रमुख अतिथि डा सविन लम्सालले उद्घाटन गरेका हुन् । प्रमुख अतिथि लम्साल सोही विद्यालयका पूर्व विद्यार्थी पनि हुन् । वार्षिकोत्सवमा हरेक वर्ष पूर्व विद्यार्थीलाई प्रमुख अतिथि बनाउँदै आएको छ ।
प्रमुख अतिथि लम्सालले स्कुलको यो सम्मानले आफू कृतज्ञ भएको बताउँदै धन्यवाद व्यक्त गरे । उनले स्कुलमा अध्ययनरत छात्र–छात्रालाई पठनपाठनमा जोड दिन आग्रह गर्दै मिहिनेत र संघर्षले नै सफलता मिल्ने बताए ।
कार्यक्रममा १५ वर्षभन्दा माथि अध्यापनरत शिक्षकशिक्षिकाहरुलाई सम्मान गरिएको थियो भने अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । स्कुलका छात्र–छात्राहरुले विभिन्न जातजाति, समुदायका नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा भरतपुर माध्यमिक विद्यालयका प्राचार्य दुर्गाराम पौडेल, टोल सुधार समिति स्याउलीबजारका अध्यक्ष बद्रिप्रसाद पौडेल, पूर्व शिक्षक एवम् स्व. रन्जन आचार्य स्मृति सुशील पुरस्कारका संरक्षक भुवन आचार्य, स्याउली बजार आमा समूहकी अध्यक्ष निर्मला पौडेल, अभिभावक प्रतिनिधिहरु बालकृष्ण सापकोटा, तिर्था गुरुङ लगायतको उपस्थिति थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भविन्द्र कन्दङ्वाको सभापतित्सवमा सम्पन्न भएको थियो भने सञ्चालन शिक्षक मधुसुदन पौडेलले गरेका थिए ।










































