२०८३ भाद्र २५, बिहीबार
September 10, 2026
२०८३ भाद्र २५, बिहीबार
September 10, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मध्यपूर्व तनावग्रस्तले बढ्यो १७ लाख नेपालीको सुरक्षाको चिन्ता

प्रकाशित मिति : २०८२ फाल्गुन १८ गते

काठमाडौं / इरानमा अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि अहिले मध्यपूर्व तनावग्रस्त अवस्थामा छ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्यापछि इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी तथा इजरायली सैन्य संरचना लक्षित गर्दै प्रहार थालेको छ ।

जसको कारण खाडी क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा चिन्ताको विषय बनेको छ ।

- ADVERTISEMENT -

Advertisement

परराष्ट्र मन्त्रालयका अनुसार हाल १७ लाख २९ हजार २८८ नेपाली मध्यपूर्वका देशमा छन् । जसमध्ये इरानमा रहेका १० जनामध्ये ४ फर्किएका छन् भने ६ जना बाँकी छन् ।

यस्तै, इजरायलमा ६ हजार ५००, इजिप्टमा ५००, ओमानमा २५ हजार, कतारमा ३ लाख ५७ हजार ९ सय १३, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा २८ हजार, साउदी अरबमा ३ लाख ८४ हजार ८ सय ६५, संयुक्त अरब इमिरेट्समा लगभग ७ लाख, लेबनानमा १५००, इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली छन् ।

यूएई, कतार, साउदी अरब, इजरायल, कुवेतस्थित नेपाली राजदूतावासहरूले सार्वजनिक सूचना जारी गर्दै सबैलाई सचेत तथा सुरक्षित रहन अनुरोध गरेका छन् । भने, सबैको मोबाइल फोनमा ‘इमर्जेन्सी अलर्ट’ नोटिस पठाइएको छ ।

के गर्दैछ नेपाल सरकार ?
मध्यपूर्वमा बढ्दो तनावपछि नेपाल सरकारले आवश्यक तयारी अघि बढाएको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै मध्यपूर्व क्षेत्रको वस्तुस्थितिलाई नजिकबाट नियालिरहेको जनाउँदै सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले मध्यपूर्वमा तनाव थप बढ्न नदिन र सर्वसाधारण नागरिकको सुरक्षा सुनिश्चित गर्न अपिल समेत गरेको छ । नेपालले कुनै पनि प्रकारका मतभेद र विवादहरूलाई कूटनीति र संवादको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड समेत दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ’संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनअनुरूप सबै राष्ट्रको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरिनुपर्छ भन्नेमा नेपाल जोड दिन्छ ।’

साथै, सरकारले खाडी मुलुकहरूमा जाने श्रमिकका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । परराष्ट्र मन्त्री बालानन्द शर्माले विदेश जान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएर अलपत्र परेका नागरिकको समस्या समाधान गरिसकेको बताए ।

ट्राभल एडभाइजरीहरू जारी भइसकेको कारण अब विमानस्थलमा यात्रु अलपत्र पर्ने समस्या हटिसकेको उनको भनाइ छ ।

‘सम्बन्धित मुलुकमा गएर ट्रान्जिटमा परेका नेपालीहरूलाई भएको असुविधामा सोही देशका राजदूतावासहरूलाई समन्वयमार्फत गन्तव्यमा पुर्‍याउने वा होटेलमा रहेकाहरूलाई एयरलाइन्स अथवा कम्पनीले रेखदेख गर्ने गरी समन्वय भइसकेको छ । उनीहरूको स्वास्थ्य, सुरक्षाबारे उचित व्यवस्था मिलाइसकेको छ ।’

उनले यात्रुहरूलाई तत्काल फर्काउन नसकिएको कारण जहाँ छन्, त्यही सुरक्षित रुपमा राख्नमा नेपाल सरकार लागिरहेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
175.82
176.52
UK Pound Sterling
1
204.82
205.63
Swiss Franc
1
186.57
187.31
Australian Dollar
1
109.19
109.62
Canadian Dollar
1
109.68
110.12
Singapore Dollar
1
119.61
120.09
Japanese Yen
10
9.83
9.87
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.32
40.48
Qatari Riyal
1
41.54
41.70
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.28
37.43
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
493.79
495.74
Bahrain Dinar
1
401.60
403.19
Omani Rial
1
393.29
394.85