२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आजदेखि मौन अवधि सुरु – के गर्न पाइन्छ, के पाइँदैन ?

प्रकाशित मिति : २०८२ फाल्गुन १९ गते

काठमाडौं / आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले ‘मौन अवधि’ सुरु गरेको छ । मतदान अघिको ४८ घण्टादेखि निर्वाचन आयोगले मौन अवधि सुरु गरेको हो ।

मौन अवधि सुरु भएसँगै निर्वाचन प्रचारप्रसारका सम्पूर्ण गतिविधिमा पूर्ण रोक लगाइएको छ । यस समयमा राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी र मतदाता लगायतका सबै सरोकारवालाहरूले निर्वाचन आचारसंहिताको पालना गर्नुपर्ने आयोगले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रचारप्रसार र सभारसम्मेलनमा पूर्ण बन्देज स् निर्वाचन आयोगका अनुसार मौन अवधिमा कुनै पनि प्रकारका चुनावी सभा, सम्मेलन, कार्यशाला, गोष्ठी वा अन्तरक्रिया गर्न पाइने छैन । मतदातालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पार्ने गरी गरिने जुलुस, प्रदर्शन वा कुनै पनि किसिमका राजनीतिक जमघटमाथि प्रतिबन्ध लगाइएको छ ।

सामाजिक सञ्जाल र डिजिटल माध्यममा निगरानी स् यस पटकको निर्वाचनमा सामाजिक सञ्जालमार्फत हुन सक्ने प्रचारप्रसारलाई रोक्न आयोगले कडा नीति अख्तियार गरेको छ । फेसबुक, ट्विटर ९एक्स०, टिकटक, भाइबर जस्ता सामाजिक सञ्जाल वा अनलाइनका माध्यमबाट कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री सम्प्रेषण गर्न पाइने छैन । दलका भातृ संगठनहरूले पहिले नै पोस्ट गरेका विज्ञापन तथा प्रचार सामग्रीहरू समेत यो अवधिमा हटाउनुपर्ने प्रावधान छ ।

भोजभतेर र होहल्ला गर्न नहुने स् मौन अवधिमा बाजागाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोजभतेर आयोजना गर्न वा मतदातालाई प्रलोभनमा पार्ने कुनै पनि गतिविधि गर्न निषेध गरिएको छ । मतदान केन्द्र वरपरको शान्ति भङ्ग हुने गरी कुनै पनि किसिमको हुलहुज्जत, होहल्ला वा त्रास सिर्जना गर्ने कार्य गरेमा कानुन बमोजिम कारबाही हुने आयोगले चेतावनी दिएको छ ।

प्रचार सामग्री हटाउन निर्देशन स् मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका ब्यानर, झण्डा र अन्य प्रचारप्रसारका सामग्रीहरू ४८ घण्टा अगावै हटाइसक्नु पर्नेछ । साथै, साउण्ड सिस्टम, एसएमएस वा अन्य कुनै पनि विद्युतीय माध्यमबाट मत माग्ने कार्यलाई पूर्णतः रोक लगाइएको छ ।

मतदानमा बाधा पुर्‍याउन नपाइने स् मतदानको दिन मतदान केन्द्रमा खटिएका कर्मचारी वा मतदातालाई कुनै पनि प्रकारको बाधा–अवरोध पुर्‍याउन नहुने गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान सुरु हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान नसकिँदासम्म मतदान केन्द्र वरपरको वातावरण पूर्णतः शान्त र सुरक्षित राख्न आयोगले सबैमा अपिल गरेको छ ।

निर्वाचन आयोगले मौन अवधिको सूक्ष्म अनुगमन गरिरहेको र आचारसंहिताको उल्लंघन गर्नेलाई तत्काल कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ । निर्वाचनको अन्तिम घडीमा सबै पक्षलाई जिम्मेवार बन्न र लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन समेत आग्रह गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89